KTM Post Logo
KTM Post Logo

२६५४ विन्दुमा पुग्यो नेप्से, ७ अर्ब बढीको शेयर किनबेच

📰
KTM Post

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार तेस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन मंगलबार नेप्से ७.०६ अंकले उकालो लागेर २६५४.२८ विन्दुमा पुगेको हो।

परिसूचकसँगै यस दिन कारोबार रकममा पनि उत्साहजनक सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन ३५६ वटा कम्पनीका २ करोड १५ लाख ८९ हजार कित्ता शेयर ७० हजार ६९१ पटक किनबेच भएका छन्। यस दिन सेन्सेटिभ इण्डेक्स २.७१, फ्लोट इण्डेक्स ०.५३ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले बढेका छन्।

१५ प्रतिशत बोनस शेयर घोषणा गरेको मिड सोलु हाइड्रोपावरको शेयरमा लगानीकर्ता झुम्मिँदा मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। सो कम्पनीको शेयर प्रतिकित्ता ७९ रुपैयाँ बढेर ६०६ रुपैयाँ पुगेको हो।

यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशत र मैलुङ्ग खोला जलविद्युतको साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। तर, स्नो रिभर्सका शेयरधनीले भने सर्वाधिक ८.२३ प्रतिशत गुमाएका छन्।

कारोबार रकमका आधारमा हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रह्यो। कम्पनीको ४४ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यस्तै, हिमालयन डिष्टिलरीको करिब साढे ४० करोड र घलेम्दी हाइड्रोको २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ७ वटाको परिसूचक बढ्दा ६ वटाको घटेको छ। 'अन्य' उपसमूह सर्वाधिक १.३६ प्रतिशतले बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचकमा पनि सामान्य अंकको सुधार देखिएको छ।

सम्बन्धित समाचार

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो 1

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर...

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित 1

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

काठमाडौं, असोज १६ । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न...

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी 1

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकमा एलपीजी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि बिक्री वितरणको अनुमति दिने तयारी...

काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी 1

काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी

बुटवल। युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृति लाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ बुटवलमा ‘पल्सर आरपीएम’ आयोजना हुने भएको छ।...