KTM Post Logo
KTM Post Logo

चाडवाड लक्षित ५ अर्ब रुपैयाँका सामान सीमा क्षेत्रमै

📰
KTM Post

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण चीनतर्फका तीन वटै नाका अवरुद्ध बनेका छन् । भोटेकोशीको बाढीले रसुवागढी ध्वस्त पारेको छ भने पहिरोको जोखिमका कारण तातोपानी नाका बन्द छ । यस्तै मुस्ताङको कोरला नाका पनि बाढी पहिरोकै कारण असोज ११ गतेदेखि ठप्प भएको छ ।

नाकाहरू पूर्णरूपमा बन्द हुँदा चाडपर्व लक्षित झन्डै ५ अर्ब रुपैयाँ बराबरका ७ सयभन्दा धेरै व्यापारिक कन्टेनर सीमा क्षेत्रमै थन्किएका छन् । जसका कारण दशैँ–तिहारका लागि आवश्यक लत्ताकपडा, जुत्ता–चप्पल, विद्युतीय उपकरण र छिटो बिग्रिने स्याउ तथा सुन्तलाजस्ता फलफूल बजारसम्म पुग्न सकेका छैनन् ।

चाडपर्वको मुखैमा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेपछि एकातिर व्यापारीहरू अर्बौँ नोक्सानी र बैंकको ब्याजको मारमा परेका छन् भने अर्कातिर बजारमा सामानको अभाव हुन थालेको छ ।

बढ्दो ढुवानी समय, चिनियाँ मुद्राको विनिमय दरमा भएको वृद्धि र भाडादर बढेका कारण यस वर्ष कपडा तथा उपभोग्य सामानको मूल्य २५ देखि ३० प्रतिशतसम्म महँगो हुने हिमालय सीमापार वाणिज्य सङ्घका उपाध्यक्ष भरत कार्कीले बताउनुभयो । यसको सीधा आर्थिक भार सर्वसाधारण उपभोक्तामाथि पर्ने देखिएको छ ।

सडक विभागका अनुसार अवरुद्ध बाटो मर्मत तथा पहिरो पन्छ्याउने काम तीव्र पारिएकाले मौसम अनुकूल रहे अबको ६ दिनभित्र कोरला नाका सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

तातोपानी नाकातर्फ भने सडकमा समस्या नरहेको विभागले दाबी गरेको छ । तर चिनियाँ पक्षले सडकको कारण देखाउँदै तातोपानी नाका खोल्न मानेको छैन । अवस्था जटिल बनेपछि पूर्वाधार विकास मन्त्री सुनील लम्सालले चिनियाँ राजदूतसँग भेट गरी नाकाहरू चाँडो सञ्चालनका लागि कूटनीतिक पहल गरेका छन् ।

सम्बन्धित समाचार

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो 1

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर...

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित 1

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

काठमाडौं, असोज १६ । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न...

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी 1

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकमा एलपीजी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि बिक्री वितरणको अनुमति दिने तयारी...

काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी 1

काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी

बुटवल। युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृति लाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ बुटवलमा ‘पल्सर आरपीएम’ आयोजना हुने भएको छ।...