KTM Post Logo
KTM Post Logo

काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी

📰
KTM Post

बुटवल। युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृति (स्ट्रिट कल्चर) लाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ बुटवलमा ‘पल्सर आरपीएम’ आयोजना हुने भएको छ। काठमाडौँबाट सुरु भएको पल्सर आरपीएमको यो संस्करण क्षेत्रीय रूपमा विस्तार गर्दै बुटवलमा आयोजना गर्न लागिएको हो।

पल्सर आरपीएम बुटवल आगामी असोज १७ गते (३ अक्टोबर २०२६) बुटवलस्थित ढुङ्गा स्केड-एड स्केड पार्कमा आयोजना हुनेछ। दिउँसो २:३० बजेदेखि सुरु हुने उक्त कार्यक्रममा सहभागी हुनका लागि कुनै पनि शुल्क नलाग्ने आयोजकले जनाएको छ।

कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केसबोर्डिङ, ब्रेकिङ, र्‍याप, डीजे प्रस्तुति तथा ग्राफिटीलगायत सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि तथा प्रस्तुतिहरू रहनेछन्।

यसले बुटवलका युवाहरूलाई आफ्नो प्रतिभा, सीप, रुचि र सिर्जनशीलता प्रदर्शन गर्ने तथा विभिन्न विधाका कलाकारहरूसँग जोडिने उत्कृष्ट अवसर प्रदान गर्नेछ।

काठमाडौँमा सफल सुरुवातपछि पल्सर आरपीएमले राजधानीबाहिर विस्तार हुँदै क्षेत्रीय युवा समुदायसँग प्रत्यक्ष रूपमा जोडिने क्रमलाई निरन्तरता दिएको छ। बुटवलमा आयोजना हुने कार्यक्रमले यहाँको आफ्नै ऊर्जा, स्थानीय युवा समुदाय र सडक संस्कृतिलाई केन्द्रमा राख्दै स्थानीय परिवेशसँग जोडिएको विशेष अनुभव प्रस्तुत गर्नेछ।

मोटरसाइकल, साहसिक खेल, सङ्गीत र सडक संस्कृतिलाई एउटै मञ्चमा ल्याउँदै पल्सर आरपीएमले प्रदर्शन, आत्मविश्वास, सीप र अभिव्यक्ति स्वतन्त्रतालाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

यसले पल्सर ब्रान्डलाई युवाहरूको रुचि, जीवनशैली र संस्कृतिसँग अझ नजिकबाट जोड्ने अपेक्षा गरिएको छ। आयोजकले बुटवल र आसपासका सबै युवाहरूलाई यस रोमाञ्चक कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको छ।

सम्बन्धित समाचार

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो 1

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर...

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित 1

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

काठमाडौं, असोज १६ । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न...

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी 1

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकमा एलपीजी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि बिक्री वितरणको अनुमति दिने तयारी...

सुनचाँदीको मूल्य बढ्यो, छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० पुग्यो 1

सुनचाँदीको मूल्य बढ्यो, छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० पुग्यो

काठमाडौं। बिहीबार स्थिर रहेको सुनचाँदीको मूल्य शुक्रबार भने नेपाली बजारमा बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको...