KTM Post Logo
KTM Post Logo

नेप्सेमा नबिल र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन: नबिलको ५३९ र गरिमाको ४१४ रुपैयाँ कायम

📰
KTM Post

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार दुई वाणिज्य तथा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ। नबिल बैंक र गरिमा विकास बैंकले आगामी साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले बोनस शेयरका आधारमा नयाँ मूल्य निर्धारण (समायोजन) गरेको हो।

नेप्सेका अनुसार नबिल बैंकको ५ प्रतिशत बोनस शेयरका आधारमा मूल्य समायोजन गरी नयाँ शेयरमूल्य प्रतिकित्ता ५३९ रुपैयाँ ५ पैसा कायम गरिएको छ। त्यसैगरी, गरिमा विकास बैंकको १० प्रतिशत बोनस शेयरका आधारमा मूल्य समायोजन हुँदा समायोजित शेयरमूल्य प्रतिकित्ता ४१४ रुपैयाँ ५५ पैसा कायम भएको छ।

दुवै बैंकको मूल्य समायोजन मङ्गलवारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर गरिएको हो। मङ्गलवार दोस्रो बजारमा नबिल बैंकको शेयर प्रतिकित्ता ५६६ रुपैयाँ र गरिमा विकास बैंकको शेयर ४५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। अब बुधबार दोस्रो बजार खुल्दा दुवै बैंकको शेयर कारोबार यही समायोजित मूल्यलाई आधार मानेर सुरु हुनेछ।

सम्बन्धित समाचार

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो 1

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर...

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित 1

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

काठमाडौं, असोज १६ । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न...

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी 1

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकमा एलपीजी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि बिक्री वितरणको अनुमति दिने तयारी...

काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी 1

काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी

बुटवल। युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृति लाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ बुटवलमा ‘पल्सर आरपीएम’ आयोजना हुने भएको छ।...