KTM Post Logo
KTM Post Logo

राष्ट्र बैंकको नयाँ विनिमय दर : कुन मुद्राको मूल्य कति?

📰
KTM Post

काठमाडौं।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ ०१ पैसा र बिक्री दर १५३ रुपैयाँ ६१ पैसा तोकिएको छ।

यस्तै युरोपियन युरो एकको खरिद दर १७४ रुपैयाँ ३२ पैसा र बिक्री दर १७५ रुपैयाँ कायम हुँदा युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०२ रुपैयाँ ६४ पैसा र बिक्री दर २०३ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिद दर १८४ रुपैयाँ ४६ पैसा र बिक्री दर १८५ रुपैयाँ १८ पैसा रहेको छ।

अन्य बैदेशिक मुद्राहरूको विनिमयदर हेर्दा अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ५५ पैसा र बिक्री दर १०७ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ १८ पैसा र बिक्री दर १०८ रुपैयाँ ६० पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर ११९ रुपैयाँ ७३ पैसा र बिक्री दर १२० रुपैयाँ २० पैसा तोकिएको छ।

त्यसैगरी जापानी येन १० को खरिद दर नौ रुपैयाँ ६८ पैसा र बिक्री दर नौ रुपैयाँ ७२ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ७९ पैसा र बिक्री दर २२ रुपैयाँ ८८ पैसा पुगेको छ।

खाडी मुलुक तथा वैदेशिक रोजगारीका प्रमुख गन्तव्य देशहरूको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ७५ पैसा र बिक्री दर ४० रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिद दर ४२ रुपैयाँ र बिक्री दर ४२ रुपैयाँ १६ पैसा तथा युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ६६ पैसा र बिक्री दर ४१ रुपैयाँ ८२ पैसा तोकिएको छ।

मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ५६ पैसा र बिक्री दर ३७ रुपैयाँ ७० पैसा कायम भएको छ भने कुवेती दिनार एकको खरिद दर ४९७ रुपैयाँ २७ पैसा र बिक्री दर ४९९ रुपैयाँ २२ पैसा रहेको छ। यसैगरी बहराइन दिनार एकको खरिद दर ४०५ रुपैयाँ ८९ पैसा र बिक्री दर ४०७ रुपैयाँ ४८ पैसा तथा ओमाणी रियाल एकको खरिद दर ३९७ रुपैयाँ ४२ पैसा र बिक्री दर ३९८ रुपैयाँ ९८ पैसा तोकिएको छ।

यसैगरी थाई भाट एकको खरिद दर चार रुपैयाँ ५९ पैसा र बिक्री दर चार रुपैयाँ ६० पैसा, साउथ कोरियन वन १०० को खरिद दर ११ रुपैयाँ २९ पैसा र बिक्री दर ११ रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ४४ पैसा र बिक्री दर १५ रुपैयाँ ५१ पैसा, डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ३२ पैसा र बिक्री दर २३ रुपैयाँ ४१ पैसा तथा हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ५१ पैसा र बिक्री दर १९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

केन्द्रीय बैंकका अनुसार यो विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्नेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने बैंकपिच्छे केही फरक हुन सक्ने र अद्यावधिक विनिमय दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

सम्बन्धित समाचार

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो 1

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर...

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित 1

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

काठमाडौं, असोज १६ । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न...

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी 1

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकमा एलपीजी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि बिक्री वितरणको अनुमति दिने तयारी...

काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी 1

काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी

बुटवल। युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृति लाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ बुटवलमा ‘पल्सर आरपीएम’ आयोजना हुने भएको छ।...