KTM Post Logo
KTM Post Logo

सुनचाँदीको मूल्यमा लगातार गिरावट: सुन १,५०० र चाँदी ३० रुपैयाँले घट्यो

📰
KTM Post

काठमाडौं। नेपाली बजारमा शुक्रबार (असोज ९ गते) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। बिहीबार तोलामा ३ हजार २०० रुपैयाँले ओरालो लागेको सुनको मूल्य शुक्रबार पुनः १ हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो गिरावटसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा झरेको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस साताको अन्य दिनको कारोबारलाई हेर्दा बुधबार सुनको मूल्य १०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ पुगेको थियो। मङ्गलबार भने १ हजार ७०० रुपैयाँले घटेर ३ लाख २ हजार २०० रुपैयाँमा सीमित भएको थियो।

त्यस्तै, सोमबार १ हजार ३०० रुपैयाँ घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार भने २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो।

सुनसँगै शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा झरेको छ। बिहीबार चाँदीको मूल्य १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर ४ हजार ८१५ रुपैयाँ पुगेको थियो भने मङ्गलबार ३० रुपैयाँ घटेर ४ हजार ७७५ रुपैयाँ कायम भएको थियो। यस्तै, सोमबार १० रुपैयाँले बढेर ४ हजार ५ रुपैयाँ र आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको थियो।

सम्बन्धित समाचार

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो 1

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर...

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित 1

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

काठमाडौं, असोज १६ । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न...

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी 1

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकमा एलपीजी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि बिक्री वितरणको अनुमति दिने तयारी...

काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी 1

काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी

बुटवल। युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृति लाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ बुटवलमा ‘पल्सर आरपीएम’ आयोजना हुने भएको छ।...