सुनको मूल्यमा ठूलो गिरावट: तोलामा ५ हजारले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार असोज १२ गते सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो।
यस तीव्र गिरावटसँगै सोमबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँ कायम भएको छ, जबकि आइतबार ७०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। सोमबार चाँदी प्रतितोला १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा झरेको महासंघले जनाएको छ। यसअघि आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित समाचार
विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो
काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर...
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
काठमाडौं, असोज १६ । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न...
सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकमा एलपीजी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि बिक्री वितरणको अनुमति दिने तयारी...
काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी
बुटवल। युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृति लाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ बुटवलमा ‘पल्सर आरपीएम’ आयोजना हुने भएको छ।...




