सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकमा एलपीजी (खाना पकाउने) ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि बिक्री वितरणको अनुमति दिने तयारी गरेको छ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा बोल्दै उद्योग सचिव रुद्रसिंह तामाङले उक्त जानकारी दिएका हुन्।
मुलुकमा ग्यास आपूर्ति र वितरणमा कठिनाइ वा असहज परिस्थिति सिर्जना भएका बेला सुरक्षा निकायमार्फत वितरण गराउन सके आपूर्ति सहज हुने भएकाले यस्तो व्यवस्था मिलाउन लागिएको उनले बताए।
“अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायहरूले पेट्रोल पम्पमार्फत पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्,” सचिव तामाङले भने, “सुरक्षा निकायका तिनै आउटलेटहरूबाट ग्यासको पनि बिक्री वितरण गराउन सकेको खण्डमा उपभोक्तालाई धेरै सहज हुनेछ।”
पेट्रोलियम पदार्थ बिक्री गरिरहेका सुरक्षा निकायका आउटलेटहरूमा ग्यासका लागिसमेत कम्तीमा एक-दुईवटा डिपो वा काउन्टर थप गर्न सकिए राज्यलाई आपत्कालीन समयमा आपूर्ति थाम्न सहज हुने गरी आवश्यक कानुनी र प्राविधिक प्रबन्ध मिलाउन लागिएको उनले स्पष्ट पारे।
ग्यासको सम्भावित अभाव वा सास्तीलाई मध्यनजर गर्दै मन्त्रालयले यो तयारी अघि बढाएको उनको भनाइ थियो।
सम्बन्धित समाचार
विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो
काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर...
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
काठमाडौं, असोज १६ । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न...
काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी
बुटवल। युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृति लाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ बुटवलमा ‘पल्सर आरपीएम’ आयोजना हुने भएको छ।...
सुनचाँदीको मूल्य बढ्यो, छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० पुग्यो
काठमाडौं। बिहीबार स्थिर रहेको सुनचाँदीको मूल्य शुक्रबार भने नेपाली बजारमा बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको...




