KTM Post Logo
KTM Post Logo

‘शार्क ट्यांक नेपाल’को दोस्रो सिजनमा ६० करोडभन्दा बढी लगानी सम्झौता, दशैंलगत्तै प्रसारण हुने

📰
KTM Post

काठमाडौं। नवउद्यमीहरूलाई लगानी र व्यावसायिक मार्गदर्शन जुटाउने प्लेटफर्म ‘शार्क ट्यांक नेपाल’को दोस्रो सिजनमा ६० करोड १२ लाख रुपैयाँ बराबरको लगानी सम्झौता भएको छ।

आयोजकका अनुसार दोस्रो सिजनको छायांकन पूर्ण रूपमा सम्पन्न भइसकेको छ। कुल १० सातासम्म प्रसारण हुने यो सिजन आगामी दशैंलगत्तै दर्शकमाझ ल्याउने तयारी गरिएको छ, यद्यपि प्रसारणको अन्तिम र निश्चित मिति भने तय हुन बाँकी छ। कार्यक्रम सातामा दुई दिन (हप्ताको दुई एपिसोड) राति ८ बजे हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुनेछ।

दोस्रो सिजनमा कुल ६० देखि ६५ जना ‘पिचर’ (व्यवसायिक अवधारणा प्रस्तुत गर्ने उद्यमी) हरूको सहभागिता रहेको छ। पहिलो सिजनको तुलनामा यसपटक सहभागी व्यवसायहरूको आकार (स्केल) ६० देखि ६५ प्रतिशतले वृद्धि भएको आयोजकको दाबी छ।

यस सिजनमा पनि पहिलो सिजनकै पाँचै जना ‘शार्क’ हरू- हेमराज ढकाल, आनन्द बगरिया, ऋतुसिंह वैद्य, सौरभ ज्योति र क्याबिनेट श्रेष्ठको निरन्तरता रहेको छ।

आयोजकका अनुसार दोस्रो सिजनमा विशेष गरी प्रविधि, खाद्य तथा पेय पदार्थ र कृषिजन्य व्यवसायमा उद्यमीहरूको उच्च रुचि र सहभागिता देखिएको छ। प्रस्तुत गरिएका केही व्यवसायहरूमा अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार हुन सक्ने प्रचुर सम्भावना रहेको शार्कहरूले बताएका छन्।

पहिलो सिजनको तुलनामा यसपटकका व्यावसायिक प्रस्तावहरू बढी परिपक्व, व्यावहारिक र प्रमाणित रहेका तथा कार्यक्रमले साना सहरका उद्यमीहरूलाई पनि लगानी खोज्न र व्यवसाय विस्तार गर्न प्रेरित गरेको आयोजकको भनाइ छ।

सम्बन्धित समाचार

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो 1

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर...

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित 1

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

काठमाडौं, असोज १६ । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न...

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी 1

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकमा एलपीजी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि बिक्री वितरणको अनुमति दिने तयारी...

काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी 1

काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी

बुटवल। युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृति लाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ बुटवलमा ‘पल्सर आरपीएम’ आयोजना हुने भएको छ।...