बाढीपहिरो उद्धारमा हाम्रा कार्यकर्ता नै सबैभन्दा बढी खटिए, वाईसीएललाई समातेर जनता रोए : प्रचण्ड
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरो प्रभावित क्षेत्रको खोज तथा उद्धारमा आफ्नै पार्टीका नेता-कार्यकर्ता अग्रपंक्तिमा खटिएको दाबी गरेका छन्।
बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संयोजक प्रचण्डले विपद्को घडीमा आफ्नो पार्टी पंक्ति प्रभावकारी रूपमा जनताको सेवामा जुटेको बताएका हुन्।
‘आन्दोलनका बेला लाखौँ कार्यकर्ता उतार्ने दाबी गरे पनि विपद्मा किन उपस्थिति देखिएन?’ भन्ने सञ्चारकर्मीको प्रश्नको प्रतिवाद गर्दै उनले अरू कसैको भन्दा आफ्ना कार्यकर्ताको उपस्थिति प्रभावकारी रहेको जिकिर गरे।
‘सबभन्दा राम्रोसँग फिल्डमा खटिने हाम्रै पार्टीका कार्यकर्ता हुन्,’ प्रचण्डले भने, ‘तपाईंहरूले हेर्नुभयो भने रसुवा, नुवाकोट र धादिङमा जनताले वाईसीएललाई समातेर रुनेसम्मका दृश्य देख्नुभयो होला। यो विपद्मा अरू को परिचालित भयो?’
उनले पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) लगायतका नेता-कार्यकर्ताहरू प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत वितरण तथा अवरुद्ध सडक खुलाउने काममा निरन्तर सक्रिय रहेको दाबी गरे।
सम्बन्धित समाचार
कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने
काठमाडौं। यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ। केन्द्रीय निर्वाचन...
प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित
काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ। गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो।अधिवेशनको समापन गर्दै सभामुख...
प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट
काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री...
प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं
काठमाडौं। नजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने...




