KTM Post Logo
KTM Post Logo

बालेन नेतृत्वको सरकार ५ वर्ष ढल्दैन : डा. अमरेश कुमार सिंह

📰
KTM Post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश कुमार सिंहले बालेन शाह नेतृत्वको वर्तमान सरकार पूरै पाँच वर्ष चल्ने दाबी गरेका छन्।

बिहीबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सिंहले पार्टीभित्र कुनै पनि किसिमको आन्तरिक विवाद र अन्तरविरोध नरहेको स्पष्ट पारेका हुन्।

रास्वपाका सबै नेता तथा कार्यकर्ताहरू पूर्ण रूपमा एकजुट रहेको उल्लेख गर्दै उनले सत्ता पक्षमा रहे पनि संसद्मा जनताका मुद्दा र आवाज निरन्तर उठाउनु जनप्रतिनिधिको प्रमुख दायित्व भएको बताए।

‘जनताको ठूलो आशा र भरोसा बोकेको यस सरकारलाई असफल हुने कुनै छुट छैन,’ सांसद सिंहले भने, ‘सरकारलाई चौतर्फी सहयोग गरेर देशमा सकारात्मक परिवर्तन ल्याउन हामी पाँचै वर्ष निरन्तर काम गर्नेछौँ।’ उनले वर्तमान सरकारले आफ्नो पूर्ण कार्यकाल पूरा गर्दै देश र जनताको हितमा सफल काम गरेर देखाउने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने 1

कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने

काठमाडौं। यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ। केन्द्रीय निर्वाचन...

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित 1

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ। गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो।अधिवेशनको समापन गर्दै सभामुख...

प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट 1

प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट

काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री...

प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं 1

प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं

काठमाडौं। नजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने...