गगन थापाको पक्षमा खुले मिनेन्द्र, मोरङ–२ बाट महाधिवेशन प्रतिनिधि चयन
काठमाडौं। नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल गगन थापाको पक्षमा खुलेका छन्। विशेष महाधिवेशनदेखि नै सक्रिय राजनीतिमा कम देखिएका रिजाल मोरङ–२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि रिजालले आफ्नो क्षेत्रको पार्टी अधिवेशनमा आफैं उपस्थित हुन नसकेकोमा क्षमा मागेका छन्। उनले संघीय आमनिर्वाचनपछि आफू क्षेत्रमा धेरै बस्न नसकेको उल्लेख गर्दै छिट्टै क्षेत्रका साथीहरूसँग भेट्न आउने बताएका छन्।
रिजालले आफ्नो अनुपस्थितिका बाबजुद आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गरेकोमा मोरङ–२ का कांग्रेस नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘मेरो अनुपस्थितिमा पनि महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नु भई मप्रति प्रकट गर्नुभएको विश्वास र सहयोगका लागि क्षेत्रका सम्पूर्ण साथीहरूमा हार्दिक आभार व्यक्त गर्दछु।’
रिजाल गत फागुन २१ मा भएको निर्वाचनमा भने काँग्रेसको मोरङ- २ मा उम्मेदवार बनेका थिए।
सम्बन्धित समाचार
कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने
काठमाडौं। यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ। केन्द्रीय निर्वाचन...
प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित
काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ। गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो।अधिवेशनको समापन गर्दै सभामुख...
प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट
काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री...
प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं
काठमाडौं। नजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने...




