जेनजी आन्दोलनका दोषी र भ्रष्टाचारीलाई कारबाही गर्न सांसद ज्ञानेन्द्र शाहीको माग
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ‘जेनजी’ आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदनले दोषी ठहर गरेका व्यक्तिहरू र भ्रष्टाचारमा संलग्न सबैलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले अपराधजन्य कुनै पनि घटनामा दोषी प्रमाणित भएका व्यक्तिहरूलाई कारबाही गरिए त्यसमा आफ्नो पार्टीको तर्फबाट पूर्ण समर्थन रहने स्पष्ट पारे।
नेता शाहीले रोजगारीका लागि युवाहरू विदेश जान बाध्य भइरहेको वर्तमान अवस्थाको अझै अन्त्य हुन नसकेको टिप्पणी गर्दै स्वदेशमै उद्योग, कलकारखाना र स्वास्थ्य संस्थाहरूको थप विकास गर्न सरकारसँग जोडदार आग्रह गरे।
यस्तै, उनले हालैको प्राकृतिक विपद्बाट प्रभावित बाढीपीडितहरूका लागि उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्दै उनीहरूलाई चाँडो पुनर्स्थापना गर्न ठोस र प्रभावकारी कार्यक्रम ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।
सम्बन्धित समाचार
कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने
काठमाडौं। यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ। केन्द्रीय निर्वाचन...
प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित
काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ। गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो।अधिवेशनको समापन गर्दै सभामुख...
प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट
काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री...
प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं
काठमाडौं। नजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने...




