कांग्रेस महाधिवेशन तयारी पूरा: शुभकामना दिन आउने भए ओली, प्रचण्ड र रवि
काठमाडौं। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।
असोज १८ देखि २२ गते (अक्टोबर ४ देखि ८) सम्म काठमाडौंको खुलामञ्चमा आयोजना हुन गइरहेको महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहभागी हुने निश्चित भएको हो।
कांग्रेस नेता उदयशमशेर राणाका अनुसार पार्टीका तर्फबाट पठाइएको औपचारिक निमन्त्रणा स्वीकार गर्दै रास्वपा सभापति लामिछानेले महाधिवेशनको उद्घाटन सत्रमा आतिथ्यता ग्रहण गर्ने जानकारी गराएका छन्।
यस्तै, एमाले अध्यक्ष ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक दाहालले पनि उद्घाटन समारोहमा उपस्थित भई शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ।
अविरल वर्षाका कारण देशका कतिपय क्षेत्रमा महाधिवेशन प्रतिनिधि चयन तथा क्षेत्रीय अधिवेशन प्रभावित भएपछि केन्द्रीय निर्वाचन समितिले परिमार्जित तालिका अनुसार असोज १८ गते (अक्टोबर ४) दिउँसो २ बजे खुलामञ्चमा भव्य समारोहका बीच महाधिवेशन उद्घाटन गर्ने तयारी मिलाएको छ।
उपसभापति विश्वप्रकाश शर्माका अनुसार महाधिवेशनका लागि मूल मञ्च निर्माणलगायतका व्यवस्थापकीय कार्यहरू अन्तिम चरणमा पुगेका छन्।
करिब ७ हजार ५ सय प्रतिनिधिहरू सहभागी हुने यस महाधिवेशनलाई मर्यादित, प्रविधिमैत्री र पारदर्शी बनाउन कांग्रेसले ‘निर्वाचन निर्देशिका, २०८३’ समेत जारी गरिसकेको छ।
महाधिवेशन स्थलमा मिडिया सेन्टरको स्थापनाका साथै विदेशी पाहुनाहरूको आगमन र प्रतिनिधिको बसोबासका लागि काठमाडौँमा होटल व्यवस्थापनको काम भइरहेको आयोजकले जनाएको छ।
सम्बन्धित समाचार
कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने
काठमाडौं। यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ। केन्द्रीय निर्वाचन...
प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित
काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ। गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो।अधिवेशनको समापन गर्दै सभामुख...
प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट
काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री...
प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं
काठमाडौं। नजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने...




