प्राकृतिक विपदमा उद्धार र पुनर्निर्माणमा जुट्ने नेकपा संसदीय दलको निर्णय, सांसदहरू क्षेत्रमा जाने
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसदीय दलको बैठकले मुलुकमा निम्तिएको प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणका कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारस्थित संघीय संसदीय दलको कार्यालयमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको सहभागिता रहेको उक्त बैठकमा संसद्को हालसम्मको प्रभावकारिता, जनसरोकारका मुद्दामा पार्टीको भूमिका तथा ऐन-कानून निर्माणमा संसदीय समितिहरूले खेलेको योगदानबारे समीक्षा गरिएको थियो।
त्यसैगरी, आगामी दिनमा संसद् र संसदीय समितिहरूमा पार्टीका तर्फबाट उठाइएका तथा उठाउनुपर्ने विषयहरूलाई अझ सशक्त र प्रभावकारी बनाउनेबारे गहन छलफल भएको छ।
बैठकले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण गर्दै संसद्को अधिवेशन अन्त्य भएसँगै सांसदहरूलाई आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनभेटघाट र जनसम्पर्क अभियानमा सक्रिय हुन निर्देशनसमेत दिएको छ।
सम्बन्धित समाचार
कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने
काठमाडौं। यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ। केन्द्रीय निर्वाचन...
प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित
काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ। गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो।अधिवेशनको समापन गर्दै सभामुख...
प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट
काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री...
प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं
काठमाडौं। नजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने...




