KTM Post Logo
KTM Post Logo

राष्ट्रसंघको ८१ औं महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालद्वारा संसद्लाई जानकारी

📰
KTM Post

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा नेपाल सरकारका तर्फबाट भएको सहभागिता र विभिन्न द्विपक्षीय छलफलबारे संसद्लाई औपचारिक जानकारी गराएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले महासभामा नेपालको सहभागिता, उठाइएका प्रमुख विषयहरू तथा उच्चस्तरीय साइडलाइन वार्ताबारे विस्तृत विवरण पेस गरेका हुन्।

सम्बोधनका क्रममा परराष्ट्रमन्त्री खनालले महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधनबारे संसद्लाई जानकारी गराए। उनका अनुसार, प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा हालै भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वसमुदायका लागि ठूलो चेतावनीका रूपमा प्रस्तुत गरेका थिए।

उक्त विपद्का कारण भएको ठूलो जनधनको क्षति, भौतिक पूर्वाधारमा पुगेको विनाश र आम नागरिकको जनजीविकामा परेको गम्भीर असरबारे विश्वको ध्यानाकर्षण गराइएको उनले बताए।

नेपाल जलवायु संकटको अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे तापनि जलवायु परिवर्तनका असमान र अति गम्भीर असरहरू भोग्न बाध्य भएको विषय प्रधानमन्त्रीले महासभामा जोडदार रूपमा उठाएको परराष्ट्रमन्त्रीले जानकारी गराए।

जलवायु परिवर्तन नेपालका लागि केवल मानवीय घटना मात्र नभई समग्र विकासकै ठूलो संकट बनेको तथ्य महासभासमक्ष राखिएको उनले बताए।

जलवायु संकट निम्त्याउन ऐतिहासिक रूपमा बढी भूमिका खेलेका तथा पर्याप्त स्रोतसाधन र क्षमता भएका विकसित मुलुकहरूले यस संकटको समाधानमा थप जिम्मेवारी वहन गर्नुपर्नेमा नेपालले जोड दिएको छ।

जलवायु न्यायलाई व्यवहारमा उतार्न र प्रभावित मुलुकहरूलाई आवश्यक सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको विषय मन्त्री खनालले संसद्लाई गराए।

यस्तै, राष्ट्रसंघीय महासभाका क्रममा आफूसहितको नेपाली प्रतिनिधिमण्डलले विभिन्न देशका समकक्षी तथा अन्तर्राष्ट्रिय नियोगका प्रमुखहरूसँग गरेका उच्चस्तरीय साइडलाइन वार्ता र द्विपक्षीय भेटघाटबारे पनि उनले संसद्लाई स्पष्ट पारेका छन्।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने 1

कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने

काठमाडौं। यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ। केन्द्रीय निर्वाचन...

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित 1

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ। गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो।अधिवेशनको समापन गर्दै सभामुख...

प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट 1

प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट

काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री...

प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं 1

प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं

काठमाडौं। नजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने...