KTM Post Logo
KTM Post Logo

वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित

📰
KTM Post

झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण नेकपा एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरूको सपथ ग्रहण स्थगित भएको छ।  

पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार आज दिउँसो ३ बजे पार्टी कार्यलय च्यासलमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम भोलि असोज १६ गते दिउँसो ३ बजेलाई सारिएको अधिकारीले जानकारी दिए।  

एमालेले असोज ५ देखि ८ गतेसम्म आयोजना गरेको केन्द्रीय कमिटीबाट ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।  

यसैगरी, नेता बस्नेतलाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले विहान दुवाकोटस्थित क्यान्सर अस्पताल पुग्ने छन्। बस्नेतको आजै साढे ८ बजे पशुपति आर्यघाटको विद्युतीय शवगृहमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ।

२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए। पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए। लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको गएराति उपचारका क्रममा निधन भएको हो।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने 1

कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने

काठमाडौं। यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ। केन्द्रीय निर्वाचन...

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित 1

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ। गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो।अधिवेशनको समापन गर्दै सभामुख...

प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट 1

प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट

काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री...

प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं 1

प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं

काठमाडौं। नजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने...