KTM Post Logo
KTM Post Logo

कोशी प्रदेशमा डेंगु संक्रमण तीव्र: झापा सबैभन्दा बढी प्रभावित, हालसम्म ७९३ जनामा पुष्टि

📰
KTM Post

झापा। कोशी प्रदेशमा डेंगु सङ्क्रमणको दर तीव्र रूपमा बढ्दै गएको छ। प्रदेशका १३ जिल्लामा फैलिएको डेंगुबाट झापा जिल्ला सबैभन्दा उच्च जोखिममा परेको छ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृती लुइँटेलका अनुसार सेप्टेम्बर १९, २०२६ सम्मको तथ्यांकअनुसार प्रदेशभर कुल ७९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।

सङ्क्रमितमध्ये झापामा मात्रै हालसम्म २२८ जना फेला परेका छन्। दोस्रो धेरै सङ्क्रमित रहेको सुनसरीमा २०३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

निर्देशनालयका अनुसार ओखलढुंगामा १२२ र खोटाङमा ८२ जना डेंगुका बिरामी भेटिएका छन्। यसैगरी, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, संखुवासभामा १८, धनकुटामा ४, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा सङ्क्रमण पुष्टि भएको छ।

यसै अवधिमा विभिन्न जिल्लाका अस्पतालहरूमा ५१ जना सम्भावित र दुई जना शङ्कास्पद डेंगुका बिरामी उपचाररत रहेको जनस्वास्थ्य अधिकृत लुइँटेलले जानकारी दिए। डेंगुको जोखिम तीव्र रूपमा बढेकाले लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने (सर्च एन्ड डिस्ट्रोय) अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।


सम्बन्धित समाचार

खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौं महानगरपालिका 1

खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म...

बिदेसिएका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा 1

बिदेसिएका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ। वीर अस्पतालको...

गेटामा पूर्ण क्षमतामा तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न डा. केसीको अल्टिमेटम 1

गेटामा पूर्ण क्षमतामा तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न डा. केसीको अल्टिमेटम

चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा विश्वविद्यालयमा पूर्ण क्षमताको तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न माग राख्दै...

६ महिने सुत्केरी बिदा आमा र शिशुको स्वास्थ्यका लागि आवश्यक : स्वास्थ्य विज्ञ 1

६ महिने सुत्केरी बिदा आमा र शिशुको स्वास्थ्यका लागि आवश्यक : स्वास्थ्य विज्ञ

सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर छ महिना पुर्‍याउने प्रस्ताव अघि बढाएको छ। आमालाई प्रसूतिपछि पर्याप्त समय आराम गर्न,...