मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था निरन्तर एक दशकसम्म कायम राख्न सफल भएको भन्दै सम्मान गरेको छ।
तिमोर-लेस्तेको डिलीमा आयोजित डब्ल्यूएचओ दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा सो सम्मान प्रदान गरिएको हो।
बैठकमा नेपालका तर्फबाट सहभागी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वास्थ्य सेवा विभागकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले उक्त सम्मान ग्रहण गरिन्।
बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा र सुरक्षित प्रसूति अभ्यासका माध्यमबाट नेपालले हासिल गरेको यो उपलब्धिलाई कदर गर्दै डब्ल्यूएचओका महानिर्देशकले डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्।
सम्मानपत्रमा नेपालको सफलताले दक्षिण-पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राख्ने सामूहिक अभियानमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ।
यसैबिच, देशमा हालै आएको विनाशकारी बाढीपछिको स्वास्थ्य प्रतिकार्य र राहत कार्यमा प्रत्यक्ष खटिनुपरेकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बैठकमा प्रत्यक्ष सहभागी हुन सकिनन्।
उनले भिडियो सन्देशमार्फत नेपालको पछिल्लो बाढीको अवस्था र प्रभावित जनसमुदायको स्थितिबारे बैठकलाई जानकारी गराउँदै जलवायु न्याय तथा स्वास्थ्य क्षेत्रका लागि जलवायु वित्तको आवश्यकतामा जोड दिएकी छन्।
सम्बन्धित समाचार
खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म...
बिदेसिएका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ। वीर अस्पतालको...
गेटामा पूर्ण क्षमतामा तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न डा. केसीको अल्टिमेटम
चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा विश्वविद्यालयमा पूर्ण क्षमताको तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न माग राख्दै...
६ महिने सुत्केरी बिदा आमा र शिशुको स्वास्थ्यका लागि आवश्यक : स्वास्थ्य विज्ञ
सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर छ महिना पुर्याउने प्रस्ताव अघि बढाएको छ। आमालाई प्रसूतिपछि पर्याप्त समय आराम गर्न,...




