गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना
काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा शुक्रबार नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा पहिलो चरणको यात्रु सहायता कक्ष शुभारम्भ गरिएको जानकारी दिए ।
दसैँ, तिहार तथा छठ नजिकिँदै गर्दा यात्रुहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सरकार र सरोकारवाला निकायहरूसँग निरन्तर छलफल भइरहेको उनले बताए ।
काठमाडौं उपत्यकाभित्र १५ ठाउँमा र देशका अन्य प्रदेश तथा जिल्लाहरूमा पनि यस्ता सहायता कक्षहरू सञ्चालन गरिने उनको भनाइ छ ।
उनले चाडपर्वमा घर फर्कने यात्रुहरूले यात्रासम्बन्धी आवश्यक जानकारी लिन, आफ्ना गुनासोहरू राख्न र सहज यात्राको वातावरण बनाउन सहायता कक्षले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
सम्बन्धित समाचार
देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका...
शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो
काठमाडौं। हिन्दू धर्म तथा संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन तथा पूजाआजा गर्नु अत्यन्तै शुभ, फलदायी र संकटमोचक मानिन्छ।विशेष गरी काठमाडौँको...
फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण
काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...
विश्वमञ्चमा हिमाली मुद्दा उठाउन नयाँ कार्यदल गठन, नेतृत्वमा नेपालकी सोनिका पौडेल
न्युयोर्क। संयुक्त राष्ट्रसंघीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था ‘मेजर ग्रुप फर चिल्ड्रेन एन्ड युथ’ ले हिमाली क्षेत्र,...




