KTM Post Logo
KTM Post Logo

राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

📰
KTM Post

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ । सरकारले हिजो मात्र संसदमा दर्ता गरेको निजामति सम्बन्धी विधेयकमा सम्पूर्ण कर्मचारीहरुलाई राजनीतिक दलको सदस्यता लिनबाट बञ्चित गरेको छ ।

मन्त्रालयको विद्यालय शिक्षा शाखाले शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको भन्दै त्यस्ता गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बाजुरा, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यानलगायत जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको समाचार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन् ।

शिक्षकका यस्ता गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम -१)को खण्ड –ग) विपरीत हुनसक्ने मन्त्रालयले जनाएको छ । त्यसैले त्यस्ता गतिविधिबारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग समन्वय गरी आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकलाई नियम १३७ को खण्ड-क) तथा नियम १४३ बमोजिम आवश्यक कारबाही गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

cc_gSkZUOu9zW-1079x1536

सम्बन्धित समाचार

प्रतिभाशाली साहित्यकार पारिजातको पीडा 1

प्रतिभाशाली साहित्यकार पारिजातको पीडा

अनामिका रोक्कापारिजात नामले चर्चित विष्णुकुमारी वाईबा प्रसिद्ध नेपाली साहित्यकार हुन् । उनी बहुमुखी प्रतिभा सम्पन्न शिखर नारी पनि हुन् । मुख्यतः...

अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल 1

अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल

काठमाडौं । दुबईबाट उडान भरेको र अपहरण को अलर्ट पठाइएको विमानलाई इजरायलले खसाल्ने तयारी गरेको थियो। बुधवार अलर्ट प्राप्त हुनेबित्तिकै फाइटर जेटहरू...

अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार 1

अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार

क्यानबेरा। अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो त्रैमासिक अवधिमा पनि घटेको छ। अष्ट्रेलियाली तथ्यांम ब्युरोले सार्वजनिक...

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो 1

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर...