खोज, उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई रास्वपाको आग्रह
काठमाडौं । भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सरकारलाई आग्रह गरेको छ ।
आज केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले खोज, उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो । बैठकमा सरकारका प्रतिनिधिले बाढीपछिको अवस्था र भइरहेका कामबारे ब्रिफिङ गरेका थिए ।
प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पहिचान हुन नसकेका शवको शीघ्र डीएनए परीक्षण गरी पीडित परिवारलाई राहत उपलब्ध गराउन जोड दिएको छ । साथै बेपत्ता नागरिकको अवस्था तत्काल यकिन गर्न र आवश्यक परे कानूनी व्यवस्था मिलाएर भए पनि सहजीकरण गर्न रास्वपाले आग्रह गरेको छ ।
गएको भदौ १० गतेको भोटेकोशी बाढीपछि स्थगित गरिएका आफ्ना पार्टी गतिविधिहरू आजैदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि रास्वपाले गरेको छ ।
सम्बन्धित समाचार
एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...
कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने
काठमाडौं। यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ। केन्द्रीय निर्वाचन...
प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित
काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ। गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो।अधिवेशनको समापन गर्दै सभामुख...
प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट
काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री...




