KTM Post Logo
KTM Post Logo

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?

📰
KTM Post

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले शनिबार बिहान ६ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

प्रहरीका अनुसार मदिरा सेवन गरी सवारीसाधन चलाउने (मापसे) ९१ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।

यस्तै, उपत्यकाका विभिन्न स्थानमा राखिएका सिसिटिभी क्यामेराको निगरानीका आधारमा ४७ वटा, ट्राफिक लाइटको रातो बत्ती (रेड लाइट) उल्लंघन गर्ने ४६ वटा र तोकिएको भन्दा तीव्र गतिमा सवारी चलाउने १०७ वटा सवारीसाधन कारबाहीमा परेका छन्।

त्यसैगरी, नो हर्न क्षेत्रमा जथाभावी हर्न बजाउने ८, लेन अनुशासन पालना नगर्ने ६ र सवारीसाधनको यान्त्रिक अवस्था ठीक नराखी चलाइएका २८ वटा सवारीमाथि पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

अन्य विभिन्न सवारी कसुरमा ४५९ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ भने यस अवधिमा एकतर्फी (वन-वे) सडक नियम उल्लङ्घनतर्फ भने कुनै पनि सवारीसाधन कारबाहीमा नपरेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म 1

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...

पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल 1

पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको परिणाम स्वीकार गरे पनि एमालेले राजनीतिक रूपमा...

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही 1

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...

जहाँको विद्यालयमा रोल नम्बर तेह्र नै हुँदैन 1

जहाँको विद्यालयमा रोल नम्बर तेह्र नै हुँदैन

अस्मिता क्षेत्रीझट्ट सुन्दा सुरुमा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, वास्तविकता यही हो । नेपालको सुगम स्थानको जिल्ला सदरमुकाममा अवस्थित एउटा...