अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै
अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान–श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलिया लैजान पाउने सुविधा हटाउने तयारी गरेको छ ।
अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले विदेशी विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन रोक लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभएको द गार्जियनले जनाएको छ ।
अहिले अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा श्रीमान् वा श्रीमती तथा १८ वर्षमुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ । विद्यार्थीका श्रीमान् वा श्रीमतीले पनि विद्यार्थीले अध्ययन गरिरहेको विषय र तहअनुसार निश्चित समयसम्म अस्ट्रेलियामा काम गर्न पाउने व्यवस्था छ । तर प्रस्तावित नयाँ व्यवस्थाले विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने यो सुविधा हटाउने तयारी गरिएको हो ।
सरकारले विद्यार्थीको संख्या घटाउने योजना नभए पनि उनीहरूका परिवारलाई साथमा ल्याउने सुविधा प्रभावकारी रूपमा बन्द गर्न खोजेको हो । यद्यपि, यो व्यवस्था अहिलेसम्म लागू भइसकेको छैन ।
अस्ट्रेलिया सरकारले समग्र आप्रवासन घटाउने योजनाअन्तर्गत अस्थायी आप्रवासीका लागि लागू हुने नियमसमेत कडा बनाउने तयारी गरेको छ । एउटा अस्थायी भिसा सकिएपछि अर्को प्रकारको भिसा लिएर अस्ट्रेलियामा बसाइ लम्ब्याउने प्रवृत्तिलाई समेत नियन्त्रण गर्ने सरकारको योजना छ ।
पछिल्ला वर्षमा आप्रवासीको संख्या बढ्दा आवास, पूर्वाधार र सार्वजनिक सेवामा दबाब बढेको भन्दै अस्ट्रेलियामा बहस हुँदै आएको छ । बढ्दो आप्रवासनले घरको माग बढाएको र सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको आलोचना हुँदै आएको छ ।
सम्बन्धित समाचार
अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल
काठमाडौं । दुबईबाट उडान भरेको र अपहरण को अलर्ट पठाइएको विमानलाई इजरायलले खसाल्ने तयारी गरेको थियो। बुधवार अलर्ट प्राप्त हुनेबित्तिकै फाइटर जेटहरू...
अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार
क्यानबेरा। अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो त्रैमासिक अवधिमा पनि घटेको छ। अष्ट्रेलियाली तथ्यांम ब्युरोले सार्वजनिक...
एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...
फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण
काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...




