यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपत्कालीन राहतकर्मी, युक्रेनका बालअधिकार अभियन्तासहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसम्म चर्चामा रहेको छ ।
यस वर्ष यो पुरस्कारका लागि २८७ जना उम्मेदवार मनोनयनमा परेका छन् । नर्वेजियन नोबेल समितिले अक्टोबर ९ तारिख अर्थात् आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ । शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकोन जेर्लोउले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेका बेला अन्तरिक्ष स्टेसन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ ।
सम्भावित दाबेदारको सूचीमा युक्रेनी बालअधिकार अभियन्ता माइकोला कुलेबा, सेभ द चिल्ड्रेन, सुडानको आपत्कालीन प्रतिक्रिया कक्ष तथा पत्रकारको सुरक्षा गर्ने कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स पनि छन् । अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाम पनि चर्चामा छ ।
यस वर्षको पुरस्कार सुडान, युक्रेन, यमन, इरान तथा मध्यपूर्वमा जारी युद्ध र द्वन्द्वको पृष्ठभूमिमा घोषणा हुँदैछ । नोबेल पुरस्कार शृङ्खला आउँदो सोमबार चिकित्सा शास्त्रबाट शुरु हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ ।
यस वर्ष पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ ।
सम्बन्धित समाचार
अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल
काठमाडौं । दुबईबाट उडान भरेको र अपहरण को अलर्ट पठाइएको विमानलाई इजरायलले खसाल्ने तयारी गरेको थियो। बुधवार अलर्ट प्राप्त हुनेबित्तिकै फाइटर जेटहरू...
अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार
क्यानबेरा। अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो त्रैमासिक अवधिमा पनि घटेको छ। अष्ट्रेलियाली तथ्यांम ब्युरोले सार्वजनिक...
एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...
फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण
काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...




