KTM Post Logo
KTM Post Logo

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान

📰
KTM Post

काठमाडौं । भारतले बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ४०५ रनको लक्ष्य ४३।३ ओभरमा पूरा गर्दै आठ विकेटको सनसनीपूर्ण जित निकाल्यो ।

जितमा आकर्षणको केन्द्र बने- भारतीय कप्तान शुभमन गिल ।

आईसीसीको संरचनामा दोस्रो तह मानिने एकदिवसीय अन्तर्राष्ट्रियमा उक्त नतिजा विरलै देख्न पाइन्छ र असम्भवजस्तै मानिन्छ ।

तर, कप्तान गिलले २२३ को अविजित दोहोरो शतकीय पारी खेल्दै जित सम्भव बनाइदिए । यो प्रदर्शनसँगै गिलले कीर्तिमानै कीर्तिमान बनाए ।

भारतको गुवाहटीस्थित वर्षापारा रंगशालामा राष्ट्रिय टिममा नयाँ कीर्तिमानसँगै अन्तर्राष्ट्रिय कीर्तिमान पनि उनी तोड्न सफल भए ।

खेलमा २२३ रन बनाएका शुभमन गिलले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम बलमा दोहोरो शतक प्रहार गर्ने ब्याटरको कीर्तिमान रचे । उनले ११७ बलमा २०० रन बनाउँदै दोहोरो शतक प्रहार गरे । अविजित रहेका उनले यो इनिङमा कुल २६ चौका र आठ छक्का प्रहार गरे ।

एकदिवसीय अन्तर्राष्ट्रियमा शुभमनको यो दोस्रो दोहोरो शतक हो । उनले सन् २०२३ मा पनि न्युजिल्यान्डविरुद्ध दोहोरो शतक प्रहार गरेका थिए ।

उनी ओडीआईमा दोहोरो शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् ।

यसअघि ओपनर रोहित शर्माले ओडीआईमा तीनपटक दोहोरो शतक प्रहार गरेका छन् ।

शतकीय पारीसँगै उनी भारतको क्रिकेट इतिहासमा कप्तानको रूपमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने खेलाडी पनि बने । उनले ६२ बलमा १०० रन पूरा गरेका थिए ।

उक्त जितसँगै भारतले वेस्टइन्डिविरुद्धको तीन खेल सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रियमा २–० को अग्रता कायम गरेको छ ।

गिलसँगै शतक प्रहार गरेका ओपनर रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो ३५औँ शतक प्रहार गरे । उनले शतकसँगै एकदिवसीय अन्तर्राष्ट्रियमा १२ हजार रन पूरा गरे ।

टिमका बलर कुलदीप यादवले पनि एकदिवसीय अन्तर्राष्ट्रियमा २०० विकेट पूरा गरे भने उनी उक्त सफलता पाउने नवौँ भारतीय बलर बने ।

सम्बन्धित समाचार

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा 1

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।नेपाल क्रिकेट संघ ले सार्वजनिक गरेको टोलीमा...

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’ 1

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’

काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन्। नियामक निकायहरूबाट आवश्यक सबै...

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक 1

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक

काठमाडाैं। बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ।स्वदेश फर्किएका...

साफ गुमेपछि खेलकुद मन्त्रालयमाथि प्रश्न : फिफा निलम्बन हटाउन पहल कहाँ पुग्यो? 1

साफ गुमेपछि खेलकुद मन्त्रालयमाथि प्रश्न : फिफा निलम्बन हटाउन पहल कहाँ पुग्यो?

काठमाडौं । नेपाली फुटबलले इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने निश्चित भएपछि खेलकुद मन्त्रालय र सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठ्न...