KTM Post Logo
KTM Post Logo

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

📰
KTM Post

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीमा कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल र सन्दीप जोरा छन्।

त्यस्तै, गुलशन झा, बासिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल पनि टोलीमा समेटिएका छन्।

ओमानमा हुने विश्वकप लिग-२ अन्तर्गतको शृंखलामा नेपालले क्यानडा र घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोटको दृष्टिले लिग-२ का खेल नेपालका लागि महत्त्वपूर्ण छन्।

नेपाल अहिले तालिकाको सातौँ स्थानमा छ। नेपालले ३२ खेलबाट २४ अंक जोडेको छ। अब नेपालले ओडिआइ मान्यता जोगाउन यो सिरिजको सबै खेल जित्नु पर्नेछ। खेल अक्टोबर ११  देखि ओमानमा हुनेछ।

सम्बन्धित समाचार

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’ 1

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’

काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन्। नियामक निकायहरूबाट आवश्यक सबै...

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक 1

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक

काठमाडाैं। बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ।स्वदेश फर्किएका...

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान 1

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान

काठमाडौं । भारतले बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ४०५ रनको लक्ष्य ४३।३ ओभरमा पूरा गर्दै आठ विकेटको सनसनीपूर्ण जित निकाल्यो ।जितमा आकर्षणको...

साफ गुमेपछि खेलकुद मन्त्रालयमाथि प्रश्न : फिफा निलम्बन हटाउन पहल कहाँ पुग्यो? 1

साफ गुमेपछि खेलकुद मन्त्रालयमाथि प्रश्न : फिफा निलम्बन हटाउन पहल कहाँ पुग्यो?

काठमाडौं । नेपाली फुटबलले इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने निश्चित भएपछि खेलकुद मन्त्रालय र सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठ्न...