KTM Post Logo
KTM Post Logo

अमेरिकी एफ–३५ का पार्टपुर्जा हङकङ पुगेपछि हलचल !

📰
KTM Post

काठमाडौं । अत्याधुनिक एफ–३५ लडाकु विमानका केही पार्टपुर्जा अस्ट्रेलियाबाट अमेरिका पठाउने क्रममा हङकङ पुगेपछि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले घटनाबारे छानबिन थालेको छ ।

हङकङ पुगेका सामानमा एफ–३५ को ककपिट क्यानोपी र हतियार राख्ने कोठाको ढोका समेत छन् । ती पार्टपुर्जा केही महिनाअघि मर्मत वा नष्ट गर्न अस्ट्रेलियाबाट अमेरिका पठाइएका थिए । तर, ढुवानीका क्रममा खेपको मार्ग परिवर्तन भएर हङकङ पुगेको हो । सामान हङकङ कसरी र किन पुग्यो भन्ने अझै स्पष्ट भएको छैन ।

एफ–३५ जोइन्ट प्रोग्राम अफिसले अमेरिकी अधिकारी तथा औद्योगिक साझेदारसँग मिलेर पार्टपुर्जा फिर्ता ल्याउने र घटनाको छानबिन भइरहेको जनाएको छ । भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने पनि उसले भनेको छ ।

अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्ल्सले पार्टपुर्जा हङकङ पुगेको पुष्टि गर्दै ती संवेदनशील उपकरण नभएको बताएका छन् । अस्ट्रेलियाले यो विषयमा अमेरिका र एफ–३५ निर्माता कम्पनी लकिड मार्टिनसँग समन्वय गरिरहेको छ ।

अमेरिकी संसद्‌मा चासो

घटनाबारे अमेरिकी संसद्‌मा पनि चासो व्यक्त गरिएको छ । हङकङ चीनको नियन्त्रणमा रहेको क्षेत्र हो । त्यसैले चीनले एफ–३५ को संवेदनशील प्रविधिसँग सम्बन्धित जानकारीमा पहुँच पाउन सक्ने विषयमा चिन्ता व्यक्त गरिएको छ ।

एफ–३५ पाँचौँ पुस्ताको स्टिल्थ लडाकु विमान हो । यसमा रडारबाट पहिचान हुन कठिन बनाउने प्रविधिसँगै अत्याधुनिक रडार, सेन्सर र नेटवर्किङ प्रणाली जडान गरिएको छ । अहिलेसम्म एक हजार २०० भन्दा बढी एफ–३५ निर्माण भइसकेका छन् । १९ देशले यसका निम्ति अर्डर दिएका अमेरिकी कंग्रेसनल रिसर्च सर्भिसले जनाएको छ ।

चीनले प्रविधि पाए के हुनसक्छ ?

एफ–३५ का पार्टपुर्जा मात्र चीनको पहुँचमा पुग्दैमा विमानको हुबहु प्रतिलिपि बनाउन सम्भव हुँदैन । तर, स्टिल्थ क्षमता, सेन्सर, रडार, विद्युतीय प्रणाली वा सफ्टवेयरसँग सम्बन्धित संवेदनशील जानकारी प्राप्त भएमा त्यसले चीनलाई एफ–३५ पहिचान गर्ने र त्यसविरुद्ध आफ्ना रडार, क्षेप्यास्त्र तथा विद्युतीय युद्ध प्रणाली सुधार गर्न सहयोग पुग्न सक्ने सुरक्षा चिन्ता छ ।

अमेरिकाले चीनमाथि यसअघि पनि एफ–३५ सँग सम्बन्धित संवेदनशील प्राविधिक जानकारी चोरी गरेको आरोप लगाउँदै आएको छ । त्यसैले अहिलेको घटनामा मुख्य चासो पार्टपुर्जा हङकङ पुग्नु मात्र नभई तिनबाट कुनै संवेदनशील प्राविधिक जानकारी चुहावट भयो कि भएन भन्नेमा केन्द्रित छ ।

सम्बन्धित समाचार

अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल 1

अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल

काठमाडौं । दुबईबाट उडान भरेको र अपहरण को अलर्ट पठाइएको विमानलाई इजरायलले खसाल्ने तयारी गरेको थियो। बुधवार अलर्ट प्राप्त हुनेबित्तिकै फाइटर जेटहरू...

अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार 1

अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार

क्यानबेरा। अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो त्रैमासिक अवधिमा पनि घटेको छ। अष्ट्रेलियाली तथ्यांम ब्युरोले सार्वजनिक...

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण 1

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण

काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म 1

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...