जर्मनीमाथि रूसको आक्रोश ‘दोस्रो विश्वयुद्धबाट पनि केही सिकेनौ ?’
काठमाडौं । संयुक्त राष्ट्र महासभाको वार्षिक सत्रका क्रममा रुस र जर्मनीबिचको तनाव छताछुल्ल भएको छ। रुसी परराष्ट्रमन्त्री सर्गेई लाभरोभले जर्मनीको त्यो मागलाई पूर्ण रूपमा खारेज गरिदिएका छन्, जसमा बर्लिनले रुससँग ‘तनाव बढाउने खतरनाक बाटो’ बाट पछि हट्न माग गरेको थियो।
लाभरिभले यसको उल्टो जर्मनीमाथि युक्रेनको मुख्य प्रायोजक बनेको र युरोपमा एक सैन्य शक्ति बन्ने प्रयास गरिरहेको आरोप लगाए।
संयुक्त राष्ट्रसङ्घमा आफ्नो सम्बोधनका क्रममा रुसी परराष्ट्रमन्त्री लाभरिभले भने, ‘के बर्लिनलाई यसको कस्तो परिणाम हुन सक्छ भन्ने कुराको ज्ञान छ ? के उनीहरूले दोस्रो विश्वयुद्धको पाठबाट केही सिकेनन् ?’
उल्लेखनीय छ कि हालै सन् २०२२ मा युक्रेनमाथि रुसको पूर्ण रूपमा आक्रमण भएयता दुवै देशका परराष्ट्रमन्त्रीहरूबिच पहिलो पटक आमनेसामने भेटवार्ता भएको थियो। जर्मन परराष्ट्रमन्त्री जोहान वाडेफुलको आग्रहमा भएको यस बैठकपछि लाभरोभले यसलाई अस्वीकार गरिदिए। उनले जर्मन मन्त्रीले केवल रुसको निन्दा गर्ने आफ्नो पुरानै अडान मात्र दोहोर्याएको बताए।
यसक्रममा लाभरोभले जापानको सैन्यवादको पनि आलोचना गरे। उनले संयुक्त राष्ट्रसङ्घको सबैभन्दा शक्तिशाली निकाय अर्थात् सुरक्षा परिषद्मा जर्मनी र जापानको कुनै पनि स्थायी सदस्यताको प्रयासमा रुसले ‘भिटो’ प्रयोग गर्ने बताए।
द्वितीय विश्वयुद्धका क्रममा यी दुवै देशहरू रुस, ब्रिटेन र अमेरिकाविरुद्ध लडेको कुरा उनले स्मरण गराए। अमेरिकाले भने लामो समयदेखि यी देशहरू र भारतको स्थायी सदस्यताको समर्थन गर्दै आएको छ।
अर्कातिर, जापानका उप-राजदूत मिकानागी तोमोहिरोले जवाफ दिँदै आफ्नो देश एक शान्तिप्रिय राष्ट्र रहेको बताए। उनका अनुसार स्वतन्त्रता, लोकतन्त्र र मानवअधिकार जापानका हरेक निर्णय र कदमका अटल आधार बनेका छन्।
लाभरिभले पश्चिमी देशहरूमाथि निशाना साध्दै उनीहरू रुसलाई रणनीतिक पराजय (स्ट्राटेजिक डिफिट) दिन चाहन्छन्, तर उनीहरूको यो चाहनाले उनीहरूलाई नै एउटा रणनीतिक गतिरोधमा धकेलिदिने बताए।
उनले अगस्ट २०२५ मा अलास्कामा अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा एउटा सम्झौता भएको र रुस आज पनि त्यसमै फर्कन तयार रहेको दाबी गरे।
यसैबिच, जर्मन परराष्ट्रमन्त्री वाडेफुलले राष्ट्रसंघलाई सम्बोधन गर्दै रुसको युद्धले लाखौँ निर्दोष मानिसहरूको ज्यान, युक्रेनी राज्य र युरोपेली शान्ति व्यवस्थालाई तहसनहस पारिरहेको बताए। उनले रुसलाई युक्रेनमा युद्ध अन्त्य गर्नका लागि वार्ता सुरु गर्न अपिल पनि गरे।
सम्बन्धित समाचार
अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल
काठमाडौं । दुबईबाट उडान भरेको र अपहरण को अलर्ट पठाइएको विमानलाई इजरायलले खसाल्ने तयारी गरेको थियो। बुधवार अलर्ट प्राप्त हुनेबित्तिकै फाइटर जेटहरू...
अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार
क्यानबेरा। अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो त्रैमासिक अवधिमा पनि घटेको छ। अष्ट्रेलियाली तथ्यांम ब्युरोले सार्वजनिक...
फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण
काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...
यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...




