KTM Post Logo
KTM Post Logo

राष्ट्रिय दिवसमा सीको सन्देश : आत्मविश्वासका साथ अघि बढे चीनको पुनरुत्थान रोकिँदैन

📰
KTM Post

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई आत्मविश्वासका साथ अघि बढ्दै राष्ट्रिय पुनरुत्थानको लक्ष्य हासिल गर्न ठोस कदम चाल्न आह्वान गरेका छन्।

चीनको ७७औँ स्थापना दिवसको अवसरमा बुधबार बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले निरन्तर प्रयास र स्पष्ट लक्ष्यका साथ अघि बढे सफलता हासिल गर्न सकिने बताएका हुन्।

सीले भने, ‘चिनियाँ राष्ट्रको महान् पुनरुत्थान रोक्न सकिँदैन। जबसम्म हामी आत्मविश्वासी रहन्छौँ, आफ्ना लक्ष्यमा केन्द्रित उङ्छौँ र स्थिर रूपमा चरणबद्ध ढंगले अघि बढ्छौँ, सफलता अन्ततः चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ जनता र जनवादी गणतन्त्र चीनको हुनेछ।’

सो अवसरमा उनले पछिल्ला ७७ वर्षमा चीनले तीव्र आर्थिक वृद्धि र दीर्घकालीन सामाजिक स्थिरता हासिल गरेको बताए। यस वर्ष पनि विभिन्न दबाबका बाबजुद चिनियाँ अर्थतन्त्रले प्रगति कायम राखेको र नवप्रवर्तनमा आधारित उच्च गुणस्तरको विकासतर्फ अघि बढिरहेको सीले बताए। उनले आर्थिक विकासको गति कायम राख्दै जनताको जीवनस्तर सुधार गर्न र सन् २०२६ देखि २०३० सम्म लागू हुने १५औँ पञ्चवर्षीय योजनाका लक्ष्य पूरा गर्न प्रयास गर्नुपर्ने बताए।

उनले हङकङ र मकाउसँग सम्बन्धित ‘एक देश, दुई प्रणाली’ नीतिप्रति प्रतिबद्धता दोहोर्‍याउँदै दुवै क्षेत्रलाई चीनको समग्र विकासमा थप जोड्न प्रयास गरिने बताए। साथै, ताइवानसँगको सहकार्य बढाउँदै शान्तिपूर्ण रूपमा राष्ट्रिय एकीकरण अघि बढाउनुपर्ने उनले बताए।

यसबिच बिहीबार चीनले ७७औँ स्थापना दिवस मनाएको छ। बेइजिङको तियानआनमेन स्क्वायरमा बिहानैदेखि ठुलो भीड जम्मा भएको थियो। राष्ट्रिय झण्डा फहराउने समारोह हेर्न चीनका विभिन्न स्थानबाट एक लाखभन्दा बढी मानिस पुगेको सिन्ह्वाले जनाएको छ। राष्ट्रिय दिवसका अवसरमा चीनका विभिन्न सहरमा झण्डा, फूल र अन्य सजावट गरिएको थियो।

सन् १९४९ अक्टोबर १ मा जनवादी गणतन्त्र चीन स्थापना भएको थियो। त्यसयता चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र बनेको छ। सन् २०२५ मा चीनको कुल गार्हस्थ्य उत्पादन १४० ट्रिलियन युआनभन्दा माथि पुगेको थियो। नयाँ ऊर्जा सवारीसाधन, औद्योगिक रोबोट, चिप तथा अन्य प्रविधिको उत्पादनमा पनि चीनले उल्लेख्य विस्तार गरेको जनाएको छ।

यसैबिच, चीनले बुधबार देशको विकासमा योगदान पुर्‍याएको भन्दै ५० विदेशी विज्ञलाई सन् २०२६ को चिनियाँ सरकार मैत्री पुरस्कार प्रदान गरेको थियो। कार्यक्रममा राज्य परिषद् सदस्य शेन यिछिनले विदेशी विज्ञहरूले चीनको आर्थिक तथा सामाजिक विकास र विभिन्न देशबिचको सहकार्यमा महत्त्वपूर्ण भूमिका खेलेको बताएकी थिइन्।

सम्बन्धित समाचार

अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल 1

अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल

काठमाडौं । दुबईबाट उडान भरेको र अपहरण को अलर्ट पठाइएको विमानलाई इजरायलले खसाल्ने तयारी गरेको थियो। बुधवार अलर्ट प्राप्त हुनेबित्तिकै फाइटर जेटहरू...

अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार 1

अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार

क्यानबेरा। अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो त्रैमासिक अवधिमा पनि घटेको छ। अष्ट्रेलियाली तथ्यांम ब्युरोले सार्वजनिक...

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण 1

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण

काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म 1

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...