KTM Post Logo
KTM Post Logo

राष्ट्रसंघमा नेतान्याहू : गाजामाथिको आरोप ‘शताब्दीको सबैभन्दा ठुलो झूट’, दर्जनौं देशले गरे ‘वाकआउट’

📰
KTM Post

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन सुरु गरेलगत्तै दर्जनौं देशका प्रतिनिधिहरू हलबाट बाहिरिएका छन्। 

नेतान्याहूले गाजामा इजरायलमाथि लगाइएको आरोपलाई ‘शताब्दीको सबैभन्दा ठुलो झूट’ भन्दै अस्वीकार गरेका थिए। प्रतिनिधिहरूको वाकआउटप्रति आक्रोश व्यक्त गर्दै उनले बाहिरिएका देशका प्रतिनिधिहरूलाई ‘नैतिक कायर’ को संज्ञा दिए।

‘यदि अरू कुनै नैतिक कायरहरू छन्, जसले अहिलेसम्म यो हल छोडेका छैनन् भने, कृपया अहिले नै त्यसो गर्नुहोस्,’ उनले भने।

नेतान्याहूले इरानविरुद्ध कारबाही गर्नु आफूले गरेको सबैभन्दा सजिलो निर्णयमध्ये एक भएको बताएका छन्। उनले इरानको आणविक क्षमताविरुद्ध कारबाही गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै इरानको सरकार परिवर्तन हुने दाबी समेत गरेका छन्। 

सो अवसरमा उनले न्यूयोर्कका मेयर जोहरान ममदानीको पनि आलोचना गरे। ममदानीले यसअघि नेतान्याहूको संयुक्त राष्ट्रसंघमा उपस्थितिको विरोध गर्दै उनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ वारेन्ट कार्यान्वयन गर्नुपर्ने बताएका थिए।

नेतान्याहूले ममदानीमाथि इजरायल र यहुदी समुदायबारे गलत धारणा फैलाएको आरोप लगाएका छन्। उनले प्यालेस्टिनी भूभागमा इजरायलको नीतिको बचाउ गर्दै आफ्नो देशमाथि लगाइएका आरोप पनि अस्वीकार गरे।

सम्बोधनका क्रममा उनले विश्वभरका यहुदीलाई आत्मविश्वासी रहन र धम्कीविरुद्ध एकजुट भएर उभिन आग्रह गरे। नेतान्याहूको सम्बोधनमा इजरायलमा हुने चुनावलाई ध्यानमा राख्दै घरेलु दर्शकलाई समेत लक्षित गरिएको थियो। एजेन्सी

सम्बन्धित समाचार

अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल 1

अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल

काठमाडौं । दुबईबाट उडान भरेको र अपहरण को अलर्ट पठाइएको विमानलाई इजरायलले खसाल्ने तयारी गरेको थियो। बुधवार अलर्ट प्राप्त हुनेबित्तिकै फाइटर जेटहरू...

अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार 1

अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार

क्यानबेरा। अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो त्रैमासिक अवधिमा पनि घटेको छ। अष्ट्रेलियाली तथ्यांम ब्युरोले सार्वजनिक...

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण 1

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण

काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म 1

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...