KTM Post Logo
KTM Post Logo

सर्त पूरा भए एक साताभित्रै होर्मुज जलडमरूमध्य खोल्न इरान तयार

📰
KTM Post

संयुक्त राष्ट्रसंघ। इरानले आफ्ना आवश्यक सर्तहरू पूरा भए सात दिनभित्रै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः खोल्न सकिने योजना अमेरिकासमक्ष प्रस्तुत गरेको छ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीले कतारमार्फत अमेरिकासमक्ष यस्तो ठोस प्रस्ताव पठाइएको जानकारी दिएका छन्।

प्रस्तावअनुसार अमेरिकाले यो योजना स्वीकार गरेपछि सात दिनको प्रक्रिया सुरु हुनेछ, जसअन्तर्गत सुरुआती चारदेखि पाँच दिनभित्र अमेरिकाले पूर्वसमझदारीअनुसारका आवश्यक कदमहरू चाल्नुपर्नेछ।

त्यसपछि छैटौँ दिनमा जलडमरूमध्य पुनः खोलिनेछ भने सातौँ दिनमा अमेरिका र इरानबीच अन्तिम सम्झौताका लागि औपचारिक वार्ता सुरु हुने इरानी विदेशमन्त्रीले बताएका छन्।

विदेशमन्त्री अराघ्चीका अनुसार अमेरिकाले चाल्नुपर्ने कदमहरू नयाँ नभई गत जुन १८ मा दुवै देशका राष्ट्रप्रमुखहरूले हस्ताक्षर गरेको समझदारीपत्रकै निरन्तरता हुन्।

अमेरिका सम्झौता गर्न र जलडमरूमध्य खोल्न गम्भीर भए इरानकातर्फबाट आवश्यक सबै तयारी पूरा भइसकेको बताउँदै उनले कुनै पनि प्रकारको धम्की वा दबाबका सामु इरान नझुक्ने र आफ्नो सार्वभौम अधिकारमा सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

गत जुन १८ मा दुई देशबीच ६० दिनभित्र अन्तिम सम्झौताका लागि वार्ता गर्ने तय भएको भए पनि पछिल्लो समय बढेको तनावका कारण वार्ताको भविष्य अझै अन्योलमा रहेको छ।

सम्बन्धित समाचार

अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल 1

अपहरणको अवस्थामा विमान नै खसाल्ने तयारीमा थियो इजरायल

काठमाडौं । दुबईबाट उडान भरेको र अपहरण को अलर्ट पठाइएको विमानलाई इजरायलले खसाल्ने तयारी गरेको थियो। बुधवार अलर्ट प्राप्त हुनेबित्तिकै फाइटर जेटहरू...

अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार 1

अष्ट्रेलियामा घट्दै रोजगारीका अवसर: निजी क्षेत्रमा गिरावट, खुद्रा र सार्वजनिक क्षेत्रमा भने सुधार

क्यानबेरा। अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो त्रैमासिक अवधिमा पनि घटेको छ। अष्ट्रेलियाली तथ्यांम ब्युरोले सार्वजनिक...

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण 1

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण

काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म 1

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...