भारतको जन्तरमन्तरबाट ७०० भन्दा धेरै प्रदर्शनकारी पक्राउ
काठमाडौं । भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
राजधानी दिल्लीको जन्तरमन्तरबाट उनीहरू पक्राउ परेका बीबीसी हिन्दीले जनाएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोज जनता पार्टी (सीजेपी)ले आन्दोलन शुरु गरेको हो । यसअघि अन्य स्थापित विपक्षी दलहरूले पनि आन्दोलन गरिरहेका थिए ।
प्रदर्शनमा आम आदमी पार्टी (आप), विद्यार्थी संगठन, युवा कांग्रेस तथा नागरिक समाजका समूहहरू सहभागी भएका हुन् । आम आदमी पार्टीका केही नेता पनि पक्राउ परेका खबरमा उल्लेख छ । प्रदर्शनकारीले निर्वाचन आयोगको कार्यशैली र मतदाता नामावली पुनरावलोकन प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन् ।
उनीहरूले मतदाता नामावलीबाट योग्य मतदाताको नाम हटाइएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका हुन् ।
सम्बन्धित समाचार
चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने सम्भावना घट्दै गएको अमेरिकी आकलन
चीनले सन् २०२७ सम्ममा ताइवानमाथि सैन्य आक्रमण गर्न सक्ने सम्भावना कम हुँदै गएको अमेरिकी अधिकारीहरूले आकलन गरेका छन्।चिनियाँ राष्ट्रपति सी चिनफिङले...
एफबिआईको संवेदनशील विवरण ह्याक
अमेरिकी संघीय अनुसन्धान ब्युरो का वर्तमान तथा पूर्वकर्मचारीको संवेदनशील व्यक्तिगत विवरण चोरी भएको छ।‘शाइनीहन्टर्स’ नामक ह्याकर समूहले अमेरिकाको...
सर्त पूरा नभएसम्म होर्मुज योजनाबाट इरान पछि नहट्ने
काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलमार्ग पुनः खोल्ने कार्य इरानका सर्त पूरा भएपछि मात्र अघि बढाइने बताएका छन् । उनले इरान आफ्ना...
एक हप्ताभित्र हर्मुज खोल्ने इरानको प्रस्ताव ट्रम्पले मानेनन्
काठमाडौं । इरानले संवाद र वार्ताका माध्यमबाट मात्रै हर्मुज स्ट्रेटलाई पुनः खोल्न सकिने बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक हप्ताभित्र...




