सर्त पूरा नभएसम्म होर्मुज योजनाबाट इरान पछि नहट्ने
काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलमार्ग पुनः खोल्ने कार्य इरानका सर्त पूरा भएपछि मात्र अघि बढाइने बताएका छन् । उनले इरान आफ्ना अधिकारबाट पछि नहट्ने तर कूटनीति र वार्ताको ढोका खुला रहेको स्पष्ट पारे ।
इरानले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा होर्मुज जलमार्ग पुनः खोल्ने लक्ष्यसहित सातदिने योजना अघि सारेको थियो । कतारको मध्यस्थतामार्फत अमेरिकासमक्ष पुर्याइएको उक्त योजनामा पश्चिम एसियामा जारी शत्रुतापूर्ण गतिविधि अन्त्य, युद्धविरामका सर्त पालना, रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा, तेलमाथिको प्रतिबन्ध हटाउने र अमेरिकी नौसैनिक घेराबन्दी अन्त्य गर्नुपर्ने माग राखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानको प्रस्ताव अस्वीकार गरेका थिए । इरान ‘नराम्रोसँग हारिरहेका’ कारण तत्काल होर्मुज खोल्ने सम्झौता गर्न चाहेको उनले जिकिर गरेका थिए ।
ट्रम्पको प्रतिक्रियाबारे अराघचीले इरानले उनको प्रारम्भिक धारणा थाहा पाए पनि मध्यस्थकर्ताबाट आधिकारिक जानकारी नपाएको बताए । आधिकारिक धारणा प्राप्त भएपछि त्यसैका आधारमा निर्णय लिइने उनको भनाइ छ ।
यसैबीच, इरानले होर्मुज व्यवस्थापनका निम्ति गठन गरेको पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पीजीएसए)ले जहाजहरूलाई ‘गैरकानुनी मार्ग’ प्रयोग नगर्न चेतावनी दिएको छ । नियम उल्लंघन गर्ने जहाज तथा कम्पनीमाथि आर्थिक र अरू कारबाही हुन सक्ने उसले जनाएको छ ।
सम्बन्धित समाचार
चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने सम्भावना घट्दै गएको अमेरिकी आकलन
चीनले सन् २०२७ सम्ममा ताइवानमाथि सैन्य आक्रमण गर्न सक्ने सम्भावना कम हुँदै गएको अमेरिकी अधिकारीहरूले आकलन गरेका छन्।चिनियाँ राष्ट्रपति सी चिनफिङले...
भारतको जन्तरमन्तरबाट ७०० भन्दा धेरै प्रदर्शनकारी पक्राउ
काठमाडौं । भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ...
एफबिआईको संवेदनशील विवरण ह्याक
अमेरिकी संघीय अनुसन्धान ब्युरो का वर्तमान तथा पूर्वकर्मचारीको संवेदनशील व्यक्तिगत विवरण चोरी भएको छ।‘शाइनीहन्टर्स’ नामक ह्याकर समूहले अमेरिकाको...
एक हप्ताभित्र हर्मुज खोल्ने इरानको प्रस्ताव ट्रम्पले मानेनन्
काठमाडौं । इरानले संवाद र वार्ताका माध्यमबाट मात्रै हर्मुज स्ट्रेटलाई पुनः खोल्न सकिने बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक हप्ताभित्र...




