KTM Post Logo
KTM Post Logo

डेंगु सङ्क्रमितको सङ्ख्या ५,२३८ पुग्यो, बागलुङ नगरपालिका सर्वाधिक प्रभावित

📰
KTM Post

काठमाडौं । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ५,२३८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार ५,२३८ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।

२०८२ पुस १७ देखि २०८३ भाद्र ३० गते (जनवरी १ देखि सेप्टेम्बर १५, २०२६) सम्मको पाक्षिक विश्लेषण अनुसार देशका ७४ जिल्लाबाट यो सङ्ख्यामा डेंगु सङ्क्रमण तथ्याङ्क सार्वजनिक भएको हो।

महाशाखाले हाल विशेष गरी वर्षा र वर्षापछिको समयमा डेंगु सङ्क्रमण थप बढ्न सक्ने चेतावनी दिँदै निरन्तर अवस्थाको विश्लेषण, रोकथाम तथा नियन्त्रणका सुझाव जारी गरिरहेको छ।

​देशका विभिन्न भागमा सङ्क्रमण देखिए पनि झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्लाहरूमा सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ। स्थानीय तहको तथ्याङ्क हेर्दा बागलुङ नगरपालिकामा सबैभन्दा बढी १,०१७ जनामा सङ्क्रमण पुष्टि भएको छ। यसैगरी पोखरा महानगरपालिकामा १८५ जना, इटहरी नगरपालिकामा ११९ जना र भद्रपुर नगरपालिकामा १०७ जना डेंगु रोगी भेटिएका छन्।

​सङ्क्रमण बढी देखिएका क्षेत्रहरूमा नियन्त्रणका क्रियाकलापहरू तीव्र पारिएको छ। खास गरी अति प्रभावित बागलुङ नगरपालिकामा महाशाखाबाट किटविज्ञ (इन्टिमोलोजिस्ट), रोग अनुसन्धान विज्ञ (फिल्ड इपिडेमियोलोजिस्ट) र प्रयोगशाला कर्मीहरूको टोली परिचालन गरी विशेष निगरानी तथा खोज–अनुसन्धान भइरहेको छ।

dengue_report

सम्बन्धित समाचार

देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना 1

देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका...

शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो 1

शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो

काठमाडौं। हिन्दू धर्म तथा संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन तथा पूजाआजा गर्नु अत्यन्तै शुभ, फलदायी र संकटमोचक मानिन्छ।विशेष गरी काठमाडौँको...

गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना 1

गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण 1

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण

काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...