KTM Post Logo
KTM Post Logo

‘दृश्यम–३’ को प्रदर्शन रोक्न मद्रास उच्च अदालतमा रिट

📰
KTM Post

बलिउड अभिनेता अजय देवगन अभिनित चलचित्र ‘दृश्यम–३ः द कन्क्लुजन’ को प्रदर्शन र वितरण रोक गर्न मद्रास उच्च अदालतमा रिट दायर भएको छ। 

मेसर्स राजकुमार थिएटर प्राइभेट लिमिटेडले मेसर्स वाइड एंगल क्रिएसन्सविरुद्ध रिट दायर गर्दै आफ्नो अनुमतिबिना चलचित्रको हिन्दी संस्करण निर्माण गरिएको आरोप लगाएको हो। कम्पनीले चलचित्र निर्माणमा प्रतिलिपि अधिकारसम्बन्धी नियम उल्लङ्घन भएको दाबी गर्दै प्रतिलिपि अधिकारसम्बन्धी मध्यस्थता प्रक्रिया टुंगो नलागेसम्म चलचित्रको प्रदर्शन रोक्न माग गरेको छ। 

मद्रास उच्च अदालतका न्यायाधीश के कुमारेश बाबुको इजलासले भने मुद्दाको सुनुवाइ हालका लागि स्थगित गरेको छ। कानुनी विवाद भएपनि चलचित्रको अग्रिम टिकट बुकिङ भने तीव्र गतिमा भइरहेको छ। 

ट्रेड वेबसाइट सैकनिल्कका अनुसार चलचित्रले अग्रिम टिकट बिक्रीबाट १८ दशमलव ४८ करोड भारतीय रुपैयाँको ग्रस कलेक्सन गरिसकेको छ। ब्लक गरिएका सिट बाहेकको कलेक्सन १२ दशमलव २१ करोड भारतीय रुपैयाँ रहेको जनाइएको छ। 

अहिलेसम्म २१ हजार २ सय ८१ शोका लागि करिब ४ लाख ७७ हजार टिकट बिक्री भइसकेका छन् भने २४ शो पूर्ण रूपमा हाउसफुल भएका छन्। 

चलचित्रमा अजय देवगन पुनः विजय सालगाउँकरको भूमिकामा देखिँदैछन्। उनीसँगै तब्बु, श्रीया सरन, इशिता दत्ता, मृणाल जाधव, रजत कपूर र प्रकाश राज पुराना भूमिकामा फर्किएका छन्। जयदीप अहलावत भने यस भागमा नयाँ कलाकारका रूपमा जोडिएका छन्। 

यसअघि अभिनेता अक्षय खन्नाले छायाङ्कन सुरु हुनुभन्दा एक साताअघि चलचित्र छाडेपछि पनि ‘दृश्यम–३’ चर्चामा आएको थियो। निर्देशक अभिषेक पाठकले त्यसपछि पटकथा परिमार्जन गर्दै अक्षय खन्नाको भूमिकालाई नयाँ चरित्रमा ढालेर जयदीप अहलावतलाई अनुबन्ध गरेका थिए। 

अजय देवगनले ‘दृश्यम–३’ निर्माण गर्नु आफैँमा ठूलो चुनौती रहेको बताएका थिए। भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले ‘दृश्यम–२’ पछि तेस्रो भाग बन्ने वा नबन्ने निश्चित नभएको र नयाँ पटकथा तयार गर्नु कठिन काम भएको बताएका हुन्। 

साथै निर्देशक अभिषेक पाठकले करिब साढे दुई वर्ष निरन्तर काम गरेपछि नयाँ पटकथा तयार गरेको बताएका छन्। 

सम्बन्धित समाचार

देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना 1

देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका...

शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो 1

शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो

काठमाडौं। हिन्दू धर्म तथा संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन तथा पूजाआजा गर्नु अत्यन्तै शुभ, फलदायी र संकटमोचक मानिन्छ।विशेष गरी काठमाडौँको...

गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना 1

गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण 1

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण

काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...