KTM Post Logo
KTM Post Logo

एन्फा कार्यालयमा सीआईबीको छापा

📰
KTM Post

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यालयमा छापा मारेको छ ।

सीआईबीको टोलीले आज एन्फा कार्यालय सातदोबाटो ललितपुरमा छापा मारेको हो । अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ ।

आर्थिक अनियमिततालगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेको सीआईबीको भनाइ छ ।

अहिले एन्फा निलम्बनमा रहेको छ । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले नेपाललाई निलम्बनमा राखेको हो ।

सम्बन्धित समाचार

देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना 1

देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका...

शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो 1

शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो

काठमाडौं। हिन्दू धर्म तथा संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन तथा पूजाआजा गर्नु अत्यन्तै शुभ, फलदायी र संकटमोचक मानिन्छ।विशेष गरी काठमाडौँको...

गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना 1

गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण 1

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण

काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...