नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
काठमाडौं । नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड रुपैयाँ पुगेको हो । असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ ।
सरकारले नयाँ लिएको ऋणभन्दा पुरानो ऋणको सावाँ भुक्तानी बढी गरेकाले कुल ऋणको आकार घटेको हो । यस अवधिमा सरकारले ६१ अर्ब ५ करोड नयाँ ऋण लिएको छ भने, ७० अर्ब १३ करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ ।
कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ६१ अर्ब ८७ करोड र बाह्य ऋण १६ खर्ब ११ अर्ब १८ करोड रुपैयाँ रहेको छ । नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० को ४५ दशमलव ०५ प्रतिशत पुगेको छ ।
चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ५८ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । जसमध्ये भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको झण्डै ९ प्रतिशत अर्थात् ६१ अर्ब ५ करोड रुपैयाँ ऋण लिइएको छ ।
ऋण परिचालनमा आन्तरिक ऋणको हिस्सा झण्डै ८२ प्रतिशत र बाह्य ऋणको हिस्सा १८ प्रतिशत रहेको छ ।
सम्बन्धित समाचार
विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो
काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर...
देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका...
शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो
काठमाडौं। हिन्दू धर्म तथा संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन तथा पूजाआजा गर्नु अत्यन्तै शुभ, फलदायी र संकटमोचक मानिन्छ।विशेष गरी काठमाडौँको...
गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना
काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...




