KTM Post Logo
KTM Post Logo

सडकमै सुत्केरी प्रकरण : अस्पतालका ६ कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो

📰
KTM Post

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइएको छ । सडकमै सुत्केरी प्रकरणपछि अस्पताल प्रशासनले चिकित्सकसहित ६ कर्मचारीलाई कामकाजबाट हटाएको हो ।

डा. उषा देव, स्टाफ नर्स अनिता कुमारी साह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर केष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए ।

उनका अनुसार गठन भएका विभिन्न समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभई अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई कामकाजबाट हटाइएको हो ।

मंगलबार राति प्रसूति गराउन आफ्ना श्रीमान् हरेराम पासवानसँगै अस्पताल पुगेकी बबिता पासवानले सडकमै बच्चा जन्माएकी थिइन् ।

रगत परीक्षणका लागि पैसा अपुग हुँदा आफूहरू अस्पतालबाट बाहिरिनुपरेको परिवारको जिकिर छ । यता अस्पताल प्रशासनले भने उक्त दाबी सही नभएको बताएको छ ।

सम्बन्धित समाचार

देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना 1

देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका...

शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो 1

शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो

काठमाडौं। हिन्दू धर्म तथा संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन तथा पूजाआजा गर्नु अत्यन्तै शुभ, फलदायी र संकटमोचक मानिन्छ।विशेष गरी काठमाडौँको...

गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना 1

गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण 1

फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण

काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...