२०औं एसियाडमा नेपाललाई पहिलो पदक: करातेका तेन्जिङले जिते कांस्य
काठमाडाैं। जापानको नागोया र आइचीमा भइरहेको २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले आफ्नो पहिलो पदक हासिल गरेको छ।
नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमाइट ८४ किलोभन्दा माथिको तौल समूहमा ऐतिहासिक कांस्य पदक जितेका हुन्।
जापानको तोयोहाशी जिम्नेसियममा सम्पन्न प्रतिस्पर्धामा सेमिफाइनल खेलमा इरानका मोहाम्मद नेमाटीसँग ०-५ ले पराजित भएपछि तेन्जिङ रिपिचेज (कांस्य पदक) भिडन्तमा प्रवेश गरेका थिए।
कांस्य पदकका लागि भएको निर्णायक खेलमा तेन्जिङले उत्कृष्ट प्रदर्शन गर्दै लाओसका वाथाना जायासानलाई ९-१ को फराकिलो अंक अन्तरले पराजित गरी नेपाललाई जारी एसियाडमा पहिलो पदक दिलाए।
यसअघि नेपाली कराते टोलीका अन्य ७ वटा इभेन्टमा खेलाडीहरू पदकबाट विमुख भएपछि तेन्जिङ नेपालका लागि अन्तिम आशा बनेका थिए। उनको यो जितसँगै एसियाली खेलकुदको इतिहासमा नेपालको पदक सङ्ख्या २७ पुगेको छ।
सम्बन्धित समाचार
विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।नेपाल क्रिकेट संघ ले सार्वजनिक गरेको टोलीमा...
रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’
काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन्। नियामक निकायहरूबाट आवश्यक सबै...
एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक
काठमाडाैं। बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ।स्वदेश फर्किएका...
वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान
काठमाडौं । भारतले बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ४०५ रनको लक्ष्य ४३।३ ओभरमा पूरा गर्दै आठ विकेटको सनसनीपूर्ण जित निकाल्यो ।जितमा आकर्षणको...




