२०औं एसियाली खेलकुद: महिला कबड्डीमा नेपाललाई कास्य, सेमिफाइनलमा भारतसँग पराजित
काठमाडौं। जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले कास्य पदक प्राप्त गरेको छ।
जापानको तोकाइ सिटिजन व्यायामशालामा शुक्रबार भएको सेमिफाइनल भिडन्तमा बलियो प्रतिद्वन्द्वी भारतसँग ४८-२४ अंकले पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित बनेको हो।
प्रतिस्पर्धात्मक बनेको सेमिफाइनलको पहिलो हाफमा भारतले ३१-१७ अंकको अग्रता लिएको थियो। दोस्रो हाफमा पनि भारतले नेपालमाथि १७-७ अङ्कको वर्चस्व कायम राख्दै फाइनलको यात्रा तय गर्यो।
यसअघि सन् २०२३ मा चीनको हाङजाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा पनि नेपाल सेमिफाइनलमा भारतसँग नै पराजित हुँदै कास्यमा चित्त बुझाउन बाध्य भएको थियो।
प्रतियोगिताको समूह चरणमा नेपालले थाइल्यान्ड र श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो।
जारी २०औं एसियाली खेलकुदमा नेपालको यो दोस्रो पदक हो। यसअघि करातेतर्फ पुरुष कुमिते ८४ किलो तौल समूहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक दिलाएका थिए।
सम्बन्धित समाचार
विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।नेपाल क्रिकेट संघ ले सार्वजनिक गरेको टोलीमा...
रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’
काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन्। नियामक निकायहरूबाट आवश्यक सबै...
एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक
काठमाडाैं। बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ।स्वदेश फर्किएका...
वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान
काठमाडौं । भारतले बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ४०५ रनको लक्ष्य ४३।३ ओभरमा पूरा गर्दै आठ विकेटको सनसनीपूर्ण जित निकाल्यो ।जितमा आकर्षणको...




