एसियाली खेलकुदको पदक तालिकामा चीन शिर्ष स्थानमा कायमै, नेपालले खाता खोल्यो
काठमाडौं। जापानमा जारी २०औं एसियाली खेलकुदमा चीनले ४८ स्वर्ण, २० रजत र १० कांस्यसहित कुल ७८ पदक जितेर शीर्ष स्थानमा रहेको छ।
त्यस्तै जापानले १५ स्वर्ण, २५ रजत र २७ कांस्यसहित ६७ पदक जितेर दोस्रो र दक्षिण कोरियाले ८ स्वर्ण, ८ रजत र २५ कांस्यसहित ४१ पदक जितेर तेस्रो स्थानमा रहेको छ।
त्यसैगरी, कजाकिस्तानले ७ स्वर्ण, ४ रजत र ८ कांस्यसहित १९ पदक जितेको छ भने थाइल्यान्डले ५ स्वर्ण, ३ रजत र ४ कांस्यसहित १२ तथा हङकङले ३ स्वर्ण, ६ रजत र ७ कांस्यसहित १६ पदक जितेका छन्। इरानले ३ स्वर्ण, ३ रजत र २ कांस्यसहित ८ तथा मलेसियाले ३ स्वर्ण, १ रजत र ५ कांस्यसहित ९ पदक जितेका छन्।
त्यस्तै, उत्तर कोरियाले २ स्वर्ण, १ रजत र ३ कांस्यसहित ६ पदक तथा कुवेतले २ स्वर्ण, १ रजत र २ कांस्यसहित ५ पदक जितेका छन्। कतार र ताजिकिस्तानले समान २ स्वर्ण, १ रजत र १ कांस्यसहित ४–४ पदक जितेका छन्। भारतले १ स्वर्ण, ५ रजत र ६ कांस्यसहित १२ पदक जितेको छ।
उज्बेकिस्तानले १ स्वर्ण, ४ रजत र ५ कांस्यसहित १० पदक, मकाउले १ स्वर्ण, ४ रजत र १ कांस्यसहित ६, चिनियाँ ताइपेले १ स्वर्ण, ३ रजत र १० कांस्यसहित १४ तथा सिंगापुरले १ स्वर्ण, ३ रजत र २ कांस्यसहित ६ पदक जितेका छन्। जोर्डन र म्यानमारले समान १ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् भने भियतनामले १ स्वर्ण र ८ कांस्यसहित ९ पदक जितेको छ।
साउदी अरेबियाले २ रजत र २ कांस्य, बहराइनले २ रजत, इन्डोनेसियाले १ रजत र १२ कांस्य, फिलिपिन्सले १ रजत र ४ कांस्य तथा अफगानिस्तान र इराकले समान १ रजत र २ कांस्य जितेका छन्। लेबनानले १ रजत र १ कांस्य तथा श्रीलंका र तुर्कमेनिस्तानले समान १ रजत जितेका छन्। कम्बोडियाले ४, किर्गिस्तानले ३ तथा पाकिस्तानले २ कांस्य जितेका छन्।
बंगलादेश, ब्रुनाइ दारुस्सलाम, मंगोलिया, नेपाल र सिरियाले समान १ कांस्य पदक जितेका छन्। नेपालका लागि आज करातेको कुमुतेतर्फ ८४ केजी माथिको तौल समुहमा तेन्जिङ शेर्पाले कास्य पदक जितेका हुन्।
सम्बन्धित समाचार
विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।नेपाल क्रिकेट संघ ले सार्वजनिक गरेको टोलीमा...
रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’
काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन्। नियामक निकायहरूबाट आवश्यक सबै...
एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक
काठमाडाैं। बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ।स्वदेश फर्किएका...
वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान
काठमाडौं । भारतले बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ४०५ रनको लक्ष्य ४३।३ ओभरमा पूरा गर्दै आठ विकेटको सनसनीपूर्ण जित निकाल्यो ।जितमा आकर्षणको...




