एसियन गेम्सः अफगानिस्तानमाथि नेपालको प्रभावशाली जित
काठमाडौं । एसियन गेम्स अन्तर्गतको टी-२० क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। अफगानिस्तानले दिएको १०३ रनको सामान्य लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा सन्दीप जोरा र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ सम्हाले। सुरुवाती ओपनर कुशल भुर्तेल (०) र आसिफ शेख (२) सस्तैमा आउट भएपछि नेपाल केही दबाबमा परेको थियो।
तर, सन्दीप जोराले ३५ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३४ रन र रोहित पौडेलले ३२ बलमा ४ चौका प्रहार गर्दै अविजित ३३ रन जोडेपछि नेपाल सहजै जिततर्फ अघि बढेको थियो। त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन र कुशल मल्लले ९ रनको योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तान १९.६ ओभरमा १०२ रनमै अलआउट भएको थियो। अफगानिस्तानलाई सस्तैमा रोक्न नेपालका कुशल भुर्तेलले ४ विकेट र ललित राजवंशीले ३ विकेट लिएका थिए।
अफगानिस्तानका लागि फैसल खान अहमदजई र नाजिबुल्लाह जादरानले सर्वाधिक समान ३०-३० रन बनाएका थिए। अफगानिस्तानका बलर फरिदुन दाऊदजई, अब्दुल्लाह अहमदजई र अरब गुलले १-१ विकेट हात पारे।
सम्बन्धित समाचार
विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।नेपाल क्रिकेट संघ ले सार्वजनिक गरेको टोलीमा...
रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’
काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन्। नियामक निकायहरूबाट आवश्यक सबै...
एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक
काठमाडाैं। बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ।स्वदेश फर्किएका...
वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान
काठमाडौं । भारतले बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ४०५ रनको लक्ष्य ४३।३ ओभरमा पूरा गर्दै आठ विकेटको सनसनीपूर्ण जित निकाल्यो ।जितमा आकर्षणको...




