KTM Post Logo
KTM Post Logo

एसियन गेम्समा नेपाली क्रिकेट टोलीका लागि दुखद खबर

📰
KTM Post

काठमाडौं । जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा जारी २० औँ एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार हुने तेस्रो क्वार्टरफाइनल अघि नेपाली क्रिकेट टोलीका लागि एउटा दुखद र निराशाजनक खबर अगाडि आएको छ।

मंगलबार हुने नेपाल र श्रीलङ्काबीचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेलमा वर्षा बाधक बन्ने सम्भावना बढेको छ।

मौसम पूर्वानुमान अनुसार निसिन शहरमा मंगलबार ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ। यदि वर्षाका कारण खेल रद्द वा विना नतिजा टुङ्गियो भने नेपाली टोली प्रतियोगिताबाट सिधै बाहिरिने पक्का भएको छ।

किन बाहिरिन्छ नेपाल ?

एसियाली खेलकुद क्रिकेट प्रतियोगिताको नियम अनुसार नकआउट चरणका खेलहरू वर्षा वा भिजेको आउटफिल्डका कारण रद्द भएमा, टससमेत हुन नसकेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-२० वरीयतामा माथि रहेको टोली स्वतः अघिल्लो चरणमा प्रवेश गर्नेछ।

श्रीलङ्का आईसीसी टी-२० वरीयतामा नवौं स्थानहरूमा रहेको छ भने नेपालको वरीयता श्रीलङ्काको तुलनामा तल १४ औं स्थानमा छ। त्यसैले खेल पूर्ण रूपमा रद्द भएमा कुनै नतिजा नआईकनै श्रीलङ्का सेमिफाइनलमा पुग्नेछ भने नेपालको यात्रा समाप्त हुनेछ।

सेमिफाइनलमा पुग्नका लागि नेपालले श्रीलङ्कालाई मैदानमै कम्तीमा ५-५ ओभरको भए पनि खेल खेलेर हराउनै पर्ने बाध्यता छ।

भारत र अफगानिस्तानको खेल बनेको छ प्रत्यक्ष उदाहरण

यो नियम कति निर्मम छ भन्ने कुरा सोमबारका लागि तय भएको भारत र अफगानिस्तानबीचको दोस्रो क्वार्टरफाइनल खेलबाट स्पष्ट भइसकेको छ। निसिनको कोरोगी स्पोर्ट्स पार्कमा सोमबार हुने भनिएको भारत र अफगानिस्तानको खेल वर्षा र भिजेको आउटफिल्डका कारण टस नै हुन नपाई रद्द गरियो।

भारत आईसीसी टी-२० वरीयताको १ नम्बरमा रहेको र अफगानिस्तान १०औँ स्थानमा रहेका कारण टससमेत नभएको खेलमा उत्कृष्ट वरीयताका आधारमा भारत सेमिफाइनलमा पुग्यो भने अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो।

सोही दिनको पहिलो क्वार्टरफाइनलमा पनि वर्षाकै कारण हङकङलाई पछाडि पार्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको थियो।

ग्रुप ‘ए’ मा अफगानिस्तानलाई पराजित गर्दै र जापानसँग अङ्क बाँड्दै समूह विजेता बनेर क्वार्टरफाइनल पुगेको नेपालका लागि मैदानको खेलभन्दा पनि निसिनको मौसम सबैभन्दा ठूलो चुनौती बनेको छ।

नेपाली समर्थकहरू भने वर्षा रोकिएर कम्तीमा संक्षिप्त भए पनि खेल भई नतिजा मैदानबाटै आओस् भन्ने कामना गरिरहेका छन्।

सम्बन्धित समाचार

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा 1

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।नेपाल क्रिकेट संघ ले सार्वजनिक गरेको टोलीमा...

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’ 1

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’

काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन्। नियामक निकायहरूबाट आवश्यक सबै...

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक 1

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक

काठमाडाैं। बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ।स्वदेश फर्किएका...

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान 1

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान

काठमाडौं । भारतले बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ४०५ रनको लक्ष्य ४३।३ ओभरमा पूरा गर्दै आठ विकेटको सनसनीपूर्ण जित निकाल्यो ।जितमा आकर्षणको...