KTM Post Logo
KTM Post Logo

एशियाडको क्रिकेटमा आजका खेल वर्षाका कारण रद्द : नेपाल र मलेसिया बाहिरिए

📰
KTM Post

काठमाडौं । २०औँ एशियन खेलुकद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलका आजका दुई वटै खेल रद्द भएका छन् ।

नेपाल र श्रीलंकाबीचको आज बिहान हुनुपर्ने खेल तथा त्यसपछि तय भएको बङ्गलादेश र मलेसियाको खेल पनि वर्षाका कारण हुन सकेन । योसँगै नेपाल र मलेसिया क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।

श्रीलंका र बङ्गलादेश सेमिफाइनलमा पुगेका छन् । यसअघि हिजो पनि खेल हुन नसक्दा भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका थिए ।

उच्च वरीयताको टोली अघिल्लो चरणमा जाने नियमानुसार भारत, पाकिस्तान, श्रीलंका र बङ्गलादेश अघिल्लो चरणमा पुगेसँगै सेमिफाइनल समिकरण पुरा भएको छ । अब पाकिस्तान र बङ्गलादेश तथा भारत र श्रीलंका फाइनलमा पुग्न खेल्नेछन् ।

सम्बन्धित समाचार

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा 1

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।नेपाल क्रिकेट संघ ले सार्वजनिक गरेको टोलीमा...

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’ 1

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’

काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन्। नियामक निकायहरूबाट आवश्यक सबै...

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक 1

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक

काठमाडाैं। बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ।स्वदेश फर्किएका...

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान 1

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान

काठमाडौं । भारतले बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ४०५ रनको लक्ष्य ४३।३ ओभरमा पूरा गर्दै आठ विकेटको सनसनीपूर्ण जित निकाल्यो ।जितमा आकर्षणको...