KTM Post Logo
KTM Post Logo

नेपाली क्रिकेट टोलीको बिदाइ

📰
KTM Post

काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार आयोजना गरेको कार्यक्रममा सदस्यसचिव रामचरित्र मेहता, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा सदस्यसचिव मेहताले नेपाली टोलीलाई प्रतियोगिताका लागि शुभकामना दिँदै राम्रो प्रदर्शनसहित पदकको आशा रहेको बताए ।

नेपाली टोलीले एसियाली खेलकुदको समूह चरणमा शुक्रबार अफगानिस्तान र त्यसपछि आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली क्रिकेट टोलीले चौथोपटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो । यसअघि नेपालले क्रिकेटतर्फ एसियाली खेलकुदमा क्वार्टरफाइनलसम्मको यात्रा गरेको थियो ।

यसपटक स्वर्णपदक जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी हुन लागेको कप्तान दीपेन्द्रसिंह ऐरीले बताए ।

एसियाली खेलकुदका लागि नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, गुलशनकुमार झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल छन् ।

सम्बन्धित समाचार

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा 1

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।नेपाल क्रिकेट संघ ले सार्वजनिक गरेको टोलीमा...

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’ 1

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’

काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन्। नियामक निकायहरूबाट आवश्यक सबै...

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक 1

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक

काठमाडाैं। बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ।स्वदेश फर्किएका...

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान 1

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान

काठमाडौं । भारतले बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ४०५ रनको लक्ष्य ४३।३ ओभरमा पूरा गर्दै आठ विकेटको सनसनीपूर्ण जित निकाल्यो ।जितमा आकर्षणको...