KTM Post Logo
KTM Post Logo

पब्जी मोबाइलको ग्लोबल ओपनमा नेपालका टीटूके र होरा ई-स्पोर्ट्स छनोट

📰
KTM Post

काठमाडौं।  नेपालका दुई ई-स्पोर्ट्स टिम पब्जी मोबाइलको प्रतिष्ठित ‘ग्लोबल ओपन च्याम्पियनसिप’मा छनोट भएका छन्। शनिबार काठमाडौँमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन साउथ एसिया फाइनलमा दोस्रो र तेस्रो स्थान हासिल गर्दै ट्रेन टु किल (टीटूके) र होरा ई-स्पोर्ट्सले ग्लोबल ओपनमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

ई-स्पोर्ट्स सङ्घ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा चार दिनसम्म चलेको क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी १६ टिममध्ये उत्कृष्ट प्रदर्शन गर्दै नेपालका यी दुई टिमले सफलता पाएका हुन्।

प्रतियोगितामा टीटूके १८८ अङ्कसहित समग्रमा दोस्रो र होरा ई-स्पोर्ट्स १७५ अङ्कसहित तेस्रो स्थानमा रहे। नेपालकै अर्को टोली एचएलएक्स चौथो स्थानमा रहे पनि ग्लोबल ओपनका लागि छनोट हुन सकेन। यस्तै, पाकिस्तानको ‘फोर थ्रिभ्स’ टिम पहिलो स्थान हासिल गर्दै ग्लोबल च्याम्पियनसिपमा छनोट भएको छ।

प्रतियोगितामा प्रथम भएको फोर थ्रिभ्सले नौ हजार अमेरिकी डलर, दोस्रो भएको टीटूकेले पाँच हजार पाँच सय अमेरिकी डलर र तेस्रो स्थान प्राप्त गरेको होरा ई-स्पोर्ट्सले चार हजार पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे। विजयी खेलाडीहरूलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिमविक्रम केसीले पुरस्कार प्रदान गरे।

काठमाडौँमा चार दिनसम्म सञ्चालन भएको यस प्रतियोगिताको टिकट बिक्रीबाट सङ्कलित कुल रकमको ५० प्रतिशत भाग प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हस्तान्तरण गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत यस कार्यक्रमलाई विभिन्न निजी तथा अन्य सङ्घ-संस्थाहरूले सहयोग गरेका थिए। काठमाडौँमा सम्पन्न यो ‘पीएमजीओ साउथ एसिया’ प्रतियोगिता दक्षिण एसियाकै उत्कृष्ट ल्यान (LAN) इभेटहरूमध्ये एक भएको ईशानका सचिव आशिष दाहालले बताए।

समापन समारोहमा बोल्दै सचिव दाहालले आगामी दिनहरूमा नेपालमा अझ ठूला अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स प्रतियोगिताहरू भित्र्याउन सङ्घले निरन्तर पहल गरिरहेको जानकारी दिए।

सम्बन्धित समाचार

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा 1

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।नेपाल क्रिकेट संघ ले सार्वजनिक गरेको टोलीमा...

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’ 1

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’

काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन्। नियामक निकायहरूबाट आवश्यक सबै...

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक 1

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक

काठमाडाैं। बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ।स्वदेश फर्किएका...

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान 1

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान

काठमाडौं । भारतले बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ४०५ रनको लक्ष्य ४३।३ ओभरमा पूरा गर्दै आठ विकेटको सनसनीपूर्ण जित निकाल्यो ।जितमा आकर्षणको...