KTM Post Logo
KTM Post Logo

वर्षाले नेपाल-जापान म्याच रद्द, समूह ‘ए’ को विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

📰
KTM Post

काठमाडौं।२०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन (रद्द) भएको छ।

वर्षाका कारण सुरु हुनै ढिला भएको यो खेल करिब एक घण्टापछि १५-१५ ओभरमा घटाएर खेलाइएको थियो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १५ ओभरमा ४ विकेटको क्षतिमा १४९ रनको बलियो योगफल तयार पारेको थियो। नेपालका लागि जोराले ३२ बलमा ५७ रन र लोकेशले २२ बलमा ५२ रनको आक्रामक अविजित अर्धशतकीय पारी खेले। त्यस्तै, आसिफ शेखले २१ रनको योगदान दिए। जापानका तर्फबाट रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले १-१ विकेट लिए।

नेपालको इनिङ्स सकिनेबित्तिकै पुनः भारी वर्षा सुरु भएपछि मैदानलाई कभरले ढाकिएको थियो। निरन्तरको वर्षाका कारण दोस्रो इनिङ्स सुरु नै हुन नसकेपछि खेल नतिजाविहीन घोषणा गरियो।

यस नतिजासँगै १ अंक बाँडेको नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ। यही समूहबाट अफगानिस्तान २ खेलमा २ अंकका साथ उपविजेता बनेको छ।

अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने अफगानिस्तानले भारतको सामना गर्नेछ।

सम्बन्धित समाचार

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा 1

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।नेपाल क्रिकेट संघ ले सार्वजनिक गरेको टोलीमा...

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’ 1

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’

काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन्। नियामक निकायहरूबाट आवश्यक सबै...

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक 1

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक

काठमाडाैं। बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ।स्वदेश फर्किएका...

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान 1

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान

काठमाडौं । भारतले बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ४०५ रनको लक्ष्य ४३।३ ओभरमा पूरा गर्दै आठ विकेटको सनसनीपूर्ण जित निकाल्यो ।जितमा आकर्षणको...