KTM Post Logo
KTM Post Logo

युएईलाई ४४ रनले हराउँदै दोश्रो पटक नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन

📰
KTM Post

काठमाडौं । यूएईविरुद्ध ४४ रनको जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ ।

यससँगै नेपाल एसीसी एसिया कपका लागि पनि छनोट भएको छ । नेपाल दोस्रोपटक एसिया कपमा पुगेको हो । यसअघि नेपाल सन् २०२३ च्याम्पियन बन्दै एसिया कपका लागि छानिएको थियो । शनिबार मलेसियाको बायोमास ओभलमा नेपालले प्रस्तुत गरेको ३१४ रनको लक्ष्य पछ्याएको यूएईले ४९.१ ओभरमा सबै विकेट गुमाएर २६९ रन बनायो ।

यूएईको राहुल चोपराले अविजित १०० रनको योगदान गरे । उनले १०५ बलमा चार छक्का तीन चौका प्रहार गरे । यसैगरी, सोेहेब खानले ५२, तनिश सुरीले ४२, कप्तान हरप्रीतसिंह भाटियाले ३३ र खुजैमा तानवीरले १५ रन बनाए । छैटौँ विकेटका लागि राहुल र सोहेबबीच ८७ रनको साझेदारी भएको थियो ।

नेपालका करण केसीले तीन, ललितनारायण राजवंशीले दुई तथा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुल्सनकुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको योगफल तयार पारेको थियो । नेपालका आसिफ शेखले सर्वाधिक १०२ रनको योगदान गरे । उनले १०६ बलमा आठ चौका र चार छक्का प्रहार गरे ।

यसैगरी, गुल्सनकुमार झाले ३८ बलमा चार छक्का र तीन चौकासहित ५२, अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र इशान पाण्डेले १३ रन बनाए ।

पहिलो विकेटका लागि आसिफ र अर्जुनले ९७ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए । यूएईका इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली र आदिब उस्मानीले एक–एक विकेट लिए । एसिया कप अर्को वर्ष बंगलादेशमा हुँदैछ ।

सम्बन्धित समाचार

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा 1

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।नेपाल क्रिकेट संघ ले सार्वजनिक गरेको टोलीमा...

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’ 1

रोनाल्डोपछि मेसी पनि स्पेनिस क्लबको मालिक, खरिद गरे ‘सीडी एल्डेन्से’

काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन को क्लब ‘सीडी एल्डेन्से’ खरिद गरेका छन्। नियामक निकायहरूबाट आवश्यक सबै...

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक 1

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता: ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक

काठमाडाैं। बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ।स्वदेश फर्किएका...

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान 1

वेस्ट इन्डिजविरुद्धको खेलमा भारतका कप्तान गिलले बनाए कीर्तिमान

काठमाडौं । भारतले बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ४०५ रनको लक्ष्य ४३।३ ओभरमा पूरा गर्दै आठ विकेटको सनसनीपूर्ण जित निकाल्यो ।जितमा आकर्षणको...