KTM Post Logo
KTM Post Logo

कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने

📰
KTM Post

काठमाडौं । बङ्गालको खाडीमा विकसित भई गहिरो न्यून चापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ ।

भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण पछिल्लो २४ घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भेग बाहेक सबैजसो ठाउँमा पानी परेको छ ।

मौसमविद्हरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भू–भागसम्म फैलिएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसल्धारे वर्षाको सम्भावना छ ।

भोलि शुक्रवार वर्षाको प्रभाव अझ बढ्ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ । विशेषगरी भोलि र पर्सि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।

बाढी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरिएको छ । देशभर ६४९ ठाउँलाई विपद्को दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

मौसमविद्हरूले बाढी, पहिरो र गेग्रान बहावको खतरा रहेकाले नदी किनारका बस्ती र यात्रामा रहेका सर्वसाधारणलाई विशेष सजगता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचना निरन्तर लिन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना 1

देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका...

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे? 1

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...

शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो 1

शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो

काठमाडौं। हिन्दू धर्म तथा संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन तथा पूजाआजा गर्नु अत्यन्तै शुभ, फलदायी र संकटमोचक मानिन्छ।विशेष गरी काठमाडौँको...

गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना 1

गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...